सम्पर्क

मेलम्चीको पानि काठमाडांैमा नियमित प्रवाह हुने

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका —१ अम्बाथान स्थित मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल निरीक्षणका लागि पुग्नु भएका खानेपानी मन्त्री अब्दुल खानले बाहै्र महिना मेलम्चीको पानी काठमाडौ बासिले खान पाउनेगरी काम अगाडी बढाउने बताउनुभएको छ ।
उहाँले शनिबार आयोजनाको निरिक्षण गर्दै आयोजना नियमित संचालनको लागि लाग्ने खर्च र प्राबिधिक कुरा बारे आबश्यक छलफल गरी फास्टट्रयाकमा काम गरीने समेत बताउनु भएको छ ।
मन्त्री खानले निरिक्षणको क्रममा बजेट बक्तव्य मार्फत भंग गरीएको मेलम्ची खानेपानी बिकास समितिमा देखिएकोे नितीगत समस्यालाई हल गर्दै कर्मचारीहरुको समस्यालाई पनि सम्बोधन गरीने बताउनुभएको छ । सोही क्रममा उहाँले स्थनीयबासिहरुबाट उठेका मागलाई समेत उच्च प्राथमिकतामा राखेर काम गरीने बताउनुभयो । २०७८ असार १ र साउन १७ गतेको मेलम्ची बाढीले मेलम्ची खानेपानी आयोजनामा करिब दुई अर्बको क्षति पुगेको पूर्वानुमान गरिएको छ । आयोजनाको मुहान स्थलमा निार्माण भएकोे पक्की संरचनाहरु पक्की बाँध, गेट, जेनेरेटर घर, कन्ट्रोल हाउस पुरिनुका साथै निर्माण सामाग्री र निर्माण उपकरणहरु र कन्ट्रयाक्टर लेबर क्याम्प समेत बगाएको मेलम्ची खानेपालिको आयोजना निरिक्षण गर्न खानेपानी सचिव मणिराम गेलाल खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठ सहित विभिन्न क्षेत्रको विज्ञ टोलि लगायत मुहान स्थल पुग्नुभएको थियो । सो अवसरमा मेलम्ची खानेपानी बिकास समितका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मेलम्ची खानेपानी आयोजनामा हालसम्म भएको लगानी २०७८ असार मा गएको बाढीले पु¥याएको क्षति र नियमित आयोजनामा संचालनको लागि गर्नुपर्ने कामहरुका बिषयमा समेत बिस्तृत जानकारी दिनुभएको थियो । उहाँले खानेपानी समिति नहुँदा तलव, मर्मत र महत्वपूर्ण निर्णय गर्न समस्या भएको बताउनुभयो ।