नेत्र बहादुर बस्नेत
स्वास्थ्य नै जिवनको धन हो । मानिसले बिहान चाँडै उठेर केही समय ध्यान गर्ने र ब्यायाम गर्ने हो भने शरिर स्वस्थ र फुर्तीलो हुने बागमती प्रदेशका भौतिक तथा पुर्बधार बिकास मन्त्री युवराज दुलाल (शरद) ले बताउँनु भएको छ । उहाँले सिन्धुपाल्चोक जिल्लाको समाजसेवी राम बहादुर कार्की र श्री कृष्ण रत्न गंगा माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्यनरत बिज्ञान बिषयमा उत्कृष्ट छात्रा गरिमा थापालाई सम्मान गर्दै यस्तो बताउँनु भएको हो । सो अवसरमा मन्त्री दुलालले शरिरलाई फुर्तीलो बनाउँनका लागी ध्यान, व्यायम अती महत्वपुर्ण रहेको शिक्षा आफुले पाएको र सोही अनुसार गर्दा आफु फुर्तीलो भएको बताउँदै माधवलाल कर्मचार्य र रामबहादुर कार्कीबाट सिकेका शिक्षावाट आफुलाई राम्रो भएको बताउँनु भयो । उहाले अरनिको होटलमा माधवलाल कर्मचार्य शैक्षिक छात्रवृत्ति कोषद्धारा गरिएको सम्मान कार्यक्रका सहभागीहरुलाई सम्बोधन गर्दै सामाजिक व्यक्तीत्वले देखाइको बाटो सही मार्गमा रहेको स्पष्ट पार्नुभयो । कोषका सहअध्यक्ष सन्तोष कर्मचार्यले स्वागत मन्तव्य राख्नु हुँदै धेरै भन्दा धेरै उर्जा प्राप्त गरोस् भन्दै यो कार्यक्रम गरेको बताउनु भयो । कार्यक्रममा बरिष्ठ समाजसेवि राम बहादुर कार्कीलाई दोसल्ला सहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो भने गरिमा थापा लाई दोसल्ला, सम्मान पत्र र नगद २००००।– (अक्षरुपी बिस हजार रुपैयाँ) समेत प्रदान गरिएको थियो । कार्यक्रममा विशेष अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापाले माधवलाला कर्मचारीले सिकाएको शिक्षा र देखाएको बाटोमा हिड्न सकेको खण्डमा स्वास्थ्य मात्र होइन समाज बिकासमा पनी सहज हुने आफुले महशुस गरेको बताउँनु भयो । यसैगरी कार्यक्रममा माधबलाल कर्मचार्यले स्वास्थ्य रहन ध्यान, जप, र व्यायमनै मुख्य रहेको र जिवनलाई सँधै खुशी राख्न सत्य बोल्न पर्ने बताउँदै मानिसको जिब्रो मानिसले चलाउँन पर्ने तर जिब्रोले मानिस चलायँन नहुने बताउँनु भयो । शिक्षाबिद अमित घिमिरेले बिगतका दिनहरुमा गरेका ऐतिहाँसिक कामलाई बिर्सेर राजनिति दलका कार्यकर्ताहरुले गरेका कामलाई मात्र प्राथमिकता दिदा बिगतको ईतिहासहरु मेटिने गरेकोमा दुख ब्यक्त गर्दै राम्रा काम गर्ने जो कोहीलाई पनि सम्मान गर्न र ईतिहास राख्न सबैमा आग्रह गर्नुभयो । क्याम्पस परिबारको तर्फबाट चौतारा बहाुमुखी क्याम्पसका क्याम्पस प्रमुख नगेन्द्रप्रसाद दंगाल, र राजनिती दलहरुको तर्फबाट नेपाली काँग्रेसका जिल्ला उपसभापती टंक कार्की लगाएतले शुभकामना मन्तब्य दिदै माधबलाला कर्मचार्यको बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो । माधवलाल कर्मचार्यको जन्मदिनको अवसरमा हरेक बर्ष छात्रबृति कार्यक्रम गरिदै आएको छ । यस बर्ष भने उत्कृष्टहरुलाई पनि सम्मान गर्ने कार्यक्रम तय गरिकाले सोही अनुसार गरिएको कोषका अध्यक्ष सुभाष कर्मचार्यले बताउँनु भयो । माधवलाल कर्मचार्य ८६ बर्ष पुरा गरेर ८७ बर्षमा लाग्नु भएको अवसरमा सोे कार्यक्रमको आयोजना गरिएको हो ।