सम्पर्क

स्थानिय स्तरमा उत्पादित खाद्यन्न स्थानिय स्तरमा नै हुनुपर्ने ः कुमारी तामाङ

स्थानीय स्तरमा उत्पादन हुने सामाग्रीलाई स्थानिय स्तरमा नै परिचालन हुने गरी स्थानिय उत्पादकहरुलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्न पर्र्ने बागमती प्रदेश सभा सदस्य एवम राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक २ नं. क्षेत्रीय अध्यक्ष माननिय कुमारी स्याङताङ तामाङले बताउँनु भएको छ । एक प्राबिधिक विद्यार्थी एक करेसाबारी ,स्वस्थ्यकर तरकारी आयआर्जन र रोजगारी बिषयक कार्यक्रम अन्तरगत प्लाष्टिक टनेल वितरण गर्दै उहाँले यस्तो बताउँनु भएको हो । श्री क्षेत्र पालेश्वरी कृषि बाली विज्ञान माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल –७ भोटेनाम्लाङको कृषि प्राविधिक संकायमा अध्ययनरत विद्यार्थीहरुलाई कृषि हरित गृह (टनेल) निर्माणको लागि प्लास्टिक टनेल वितरण कार्यक्रमका प्रमुख अतिथी तामाङले याङ्ग्री लार्के स्थानीय सरोकार समिति उपाध्यक्ष्य श्री भिम बहादुर गुरुङको बिशेष सहयोगमा ६१ जना विद्यार्थीलाई प्रयोगात्मक शिक्षाका लागी सहज होस भनेर प्लाष्टिक टनेल वितरण गरिएको थियो । (एक प्राबिधिक विद्यार्थी एक करेसाबारी ,स्वस्थ्यकर तरकारी आयआर्जन र रोजगारी) कार्यक्रममा प्रमुख अतिथि तामाङले सरकारले सञ्चालन गरेको विद्यालय दिवा खाजामा समेत स्थानीय स्तरमा नै उत्पादीत खाद्यन्नको प्रयोग गरेर दाजा व्यवस्थापन गर्न पर्ने नीति ल्याएको यसो गर्दा आफ्ना अभिभावकले उत्पादन गरेको खाल्न्न सामाग्रीबाट खाजा खान पाउँने र स्थानिय अभिभावकलाई पनी आफुले उत्पादन गरेको कृषी खाद्यन्न तथा फलफुल तरकारी विद्यालयमा नै बिक्री हुने हुँदा कृषकलाई बजारको समस्या पनी नहुने भएकाले गाँउमा नै रोजगारको समेत व्यबस्था हुने हँुदा स्थानीय कृषकहरुको मनोबल उच्च राख्न सबै लागी पर्नू पर्ने बताउँनु भयो । याङ्ग्री लार्के स्थानिय सरोकार समिति उपाध्यक्ष्य भिम बहादुर गुरुङको संयोजनबाट यसरी गरेको सहयोग उपलब्धि मुलक कार्यमा संस्थाबाट लगानी गर्नु भएकोमा विशेष धन्यवाद दिदै माननीय तामाङले यस्ता उपलब्धि मुलक काममा सबै मिलेर सहयोग गर्नु पर्ने बताउँनु भयो । उहाँले यो एक कृषि प्राविधिक विद्यार्थीको घरमा एक प्रयोगात्मक प्लास्टिक घर निर्माण अभियान सफलताको कामना सिक्दै कमाउँदै प्रयोगात्मक तर विद्यार्थीको स्वास्थ्य र आर्थिक रुपले प्रत्यक्ष लाभान्वित हुने कार्यक्रम अनुशरण योग्य लागेको र अर्को पटक आज बाँडेको प्लाष्टिकद्वारा निर्मित टनेलमा उत्पादित तरकारीको बिक्री मेला आयोजना भै सहभागी हुने अवसरको लागी अनुरोध गर्दै विद्यालयको समग्र अवस्था र शैक्षिक उन्नयनमा आफ्नो व्यक्तिगत तर्फबाट र बागमती प्रदेश सभाबाट प्रदान हुने अवसरको पुल बनी यस विद्यालयको प्रगतिको लागिसँगै साथमा रहने प्रतिबद्धता ब्यक्त गर्दै समय अनुकूल शिक्षामा लगानी गर्न सके मात्र शैक्षिक सार्थकता हासिल गर्न सकिन्छ भन्नुभयो । कार्यक्रममा याङ्ग्री लार्के स्थानीय सरोकार समिति उपाध्यक्ष्य श्री भिम बहादुर गुरुङले कृषि पेशा हरेक पेसाको अभिन्न अङ्ग भएकोले स्थानीय स्तरमा उत्पादित खाद्यन्न स्वास्थ्यकर हुने हूँदा आफुले स्थानीय स्तरमा उत्पादन हुने खालका कार्यक्रमहरुमा सहयोग गर्दै आएको बताउँनु भयो । उँहाका अनुसार करिब ४०० टनेल वितरण गरिएको र यी सबै उपलब्धीमुलक भएको छ । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष इश्वरीलाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त धितालले यसरी विद्यालयका बिद्यार्थीलाई सिकाइमा उपलब्ध हुने गरि सहयोग गरेकोमा विशेष धन्यबाद दिनु भइको छ । विद्यालयको कृषि प्राविधिक विद्यार्थीहरुलाई यसरी प्रयोगात्मक शिक्षाका लागी अध्ययनरत ६१ जना विद्यार्थीलाई आ–आफ्नै घरमा गएर तरकारी उत्पादन गर्नका लागी दिईएको बताउँदै सो अवसरमा संस्कृती कार्यक्रम समेत गरिएको विद्यालय ब्यवस्थापन समितिको सदस्य तथा वडा नं. ७ का वडा सदस्य देवराज गुरुङले जानकारी दिनुभयो ।