सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ साँगाचोकमा ५ औं नगर स्तरिय राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । तिन दिनसम्म चल्ने प्रतियोगितामा शुक्रबार नगर प्रमुख कृष्णप्रसाद सापकोटाले उद्धघाटन गर्नुभएको हो । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख सापकोटाले खेल क्षेत्रले व्यक्तिको स्वास्थ्यमा सुधार मात्रै नभई राष्ट्रलाई विश्वव्यापी रुपमा चिनाउन सहयोग पुग्ने बताउनुभयो ।
राष्ट्रपति रनिङशिल्ड प्रारम्भिक रुपमा खेलाडी उत्पादन गर्ने प्रमुख प्रतिस्पर्धा भएको भन्दै उहाँले खेलमा सहभागि खेलाडिलाई शुभकामना दिनुभयो । उद्धघाटन कार्यक्रममा उपमेयर सिता थापा, निवर्तमान उपमेयर जानुका पराजुली, विभिन्न वडाका जनप्रतिनिधि नगर खेलकुद विकास समितिका पदाधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
