सम्पर्क

भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाँउपालिकामा भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम गरिएको छ । बलेफि गाउँपालिकाको अध्यक्ष गंगा बहादुर तामाङको अध्यक्षतामा नापि बिभाग स्थलरुप नापि तथा भुउपयोग ब्यवस्थापन महाशाखाका प्रमुख नापि अधिकृत अजित कुँवरको नेतृत्वमा नापि अधिकृत लबज थापा, नापि अधिकृत टिना बैदार सहितको टोलिले प्रशिक्षण आइतबार पालिकाका जनप्रतिनीधीहरु तथा कर्मचारीहरुलाइ प्रशिक्षण दिएको हो ।
प्रशिक्षण कार्यक्रममा गाउँपालिकाका पदाधिकारी वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । पालिकाका प्रमुख प्रशासकिय प्रमुख देविलाल सापकोटाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा भू–उपयोग ऐनमा भएको बुँदाहरुको कार्यन्वयन तथा हाल गरिने जग्गा बर्र्गीरणका बारेमा जानकारी दिईएको थियो ।
कार्यक्रममा नापि अधिकृत लवज थापाले भुउपयोग वर्गीकरणको आधारहरु, भुउपयोग ऐन लगाएतका बारेमा जानकारी दिदै कृषि योग्य जमिन दूईरोपनि भन्दा कम क्षेतत्रफलका जग्गा नामसारी नहुने र अवशिय जग्गामा चार आना भन्दा कम जग्गा नामसारी नहुने र नक्सा पास समेत नहुने निती बनेको जानकारी दिनुभयो । उहाँले जग्गालाई भू–उपयोग क्षेत्रमा वर्गीकरण गरिने प्रयोजनको लागि भू–उपयोग ऐन, २०७६ को दफा (५) को उपदफा (४) वमोजिम भू–उपयोग क्षेत्र नक्सालाई अध्यावधिक गर्न सरकारले मापदण्ड र आधार जारी गरेको बताउँनु भयो ।
मापदण्डमा हालको उपयोगमा रहेको जग्गालाई यस मापदण्डमा उल्लेख भएकोमा बाहेक नापी विभागवाट हस्तान्तरण भएको वर्गीकृत भू–उपयोग क्षेत्र वमोजिम नै वर्गीकरण गर्ने र जोखिम लगायत अन्य सम्वेदनशील क्षेत्रको जग्गालाई नापी विभागवाट वर्गीकृत क्षेत्रमा वर्गीकरण गर्ने लगाएतका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको सभापतित्व गरिरहनु भएका पालिकाका अध्यक्ष गंगा बहादुर तामाङले यसरी आफ्नो पालिकामा आएर जग्गा बर्गीकरण सम्बन्धी आबश्यक जानकारी मुलक कार्यक्रम गरिदिएकोमा बिशेष धन्यबाद दिनुभयो भने प्रमुख प्रशासकिय प्रमुख देवीलाल सापकोटाले गाँउपालिकाबाट मापदण्ड बनेपछी पालीकामा आएर सहजीकरण गरिदिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा नापि अधिकृत अजित कँुवरले जग्गाको बर्गीकरण गर्दा तोकिएको.मापदण्ड अनुसार गर्दा अंशवण्डामा असर पर्न जाने भएकोले सुधारको लागि पहल भईरहेको बताउँनु भयो ।
उहाँले पालिकाले बर्गीकरणको दर्ता प्रक्रियामा आफुहरुले पालिकामा आएर पनी सहयोग गर्न सकिने बताउँनु भयो ।