सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ साँगाचोकमा ५ औं नगर स्तरिय राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै इर्खु माध्यमिक विद्यालयले राष्ट्रपति रनिङ शिल्ड हात पारेको छ । रनिङ शिल्ड प्रतियोगितामा १८ स्वर्ण, ८ रजत र १३ कास्य पदकसहित इर्खु माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड २०७९ को विजेता बन्न सफल भएको छ । त्यसैगरि एथ्लेटिक्स छात्र र छात्रा दुवै विधा र उसुतर्फ टिम च्याम्पियन बन्न सफल भएको छ । तिन दिनसम्म चलेको प्रतियोगितामा शुक्रबार नगर प्रमुख कृष्णप्रसाद सापकोटाले उद्धघाटन गर्नुभएको थियो ।
प्रतियोगितामा इर्खु माध्यमिक विद्यालयका योनेक्स दंगाल (उसु) अनमोल थापा (उसु) कोपिला तामाङ (उसु)सन्तोषी कार्की (उसु)अरुणा दंगाल (कराते) गौरव तामाङ (कराते) अन्जना तामाङ (४०० मिटर दौड) अन्जना तामाङ (८०० मिटर दौड)नबिना तामाङ (१५०० मिटर दौड)नबिना तामाङ (३००० मिटर दौड) सबिना राउत (लङजम्प) एलिषा तामाङ (ज्यावलिन थ्रो) पाल्मो लामा (हाइजम्प) छात्रा 400×4 रिले दौड छात्र 100×4 रिले दौड दिलिप तामाङ (८०० मिटर दौड)दिलिप तामाङ (१५०० मिटर दौड) निशल लामा (ज्यावलिङ थ्रो) शर्मिला थोकर (उसु) अ म्बिर तामाङ (उसु) छात्रा 100×4 रिले दौड छात्रा भलिबल,रसिला खड्का (लङजम्प),रसिला खड्का (त्रीपलजम्प), रुपेश श्रेष्ठ (ज्यावलिङ थ्रो)छात्र 400×4 रिले राकेश तामाङ (कराते)जुन तामाङ (कराते) सुशिल तामाङ (कराते) चाँदनी तामाङ (कराते)छात्र भलिबल जिना कार्की (हाइजम्प) सजिना श्रेष्ठ (१५०० मिटर दौड) सजिना श्रेष्ठ (३००० मिटर दौड)संगिता श्रेष्ठ (२०० मिटर दौड) रेबिका तामाङ (त्रीपलजम्प) अनिल तामाङ (१५०० मिटर दौड) अनिल तामाङ (३००० मिटर दौड)मा भागलिएर सफलता हासिल गरेका थिए । प्रतियोगितामा , १८ स्वर्ण , ८ रजत र १२ कास्य पदकसहित इर्खु माध्यमिक विद्यालय, राष्ट्रपति रनिङ शिल्ड २०७९ को विजेता बन्न सफल भएको छ भने कृष्ण रत्न गंगा मावि चौतारा द्वितिय र सेतीदेवी मा.वि. ठुलो सिरुवारीे तृतीय स्थान हाँसिल गर्न सफल भएको इर्खु माध्यमिक बिद्यालयका पुर्ब बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेमकुमार दङ्गालले जानकारी दिनुभयो । प्रतियोगितामा नगरका २१ वटा बिद्यालयले भाग लिएको थियो ।
