सम्पर्क

पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधी कागेश्वरी माविलाई

पृथ्वीजंग पाण्डे / पिस्कर
त्रिपुरासुन्दरी गाउँपालिकामा भएको माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा कागेश्वरी माध्यमिक विद्यालय घोर्थलीले प्रथम स्थान हात पारेको छ ।
प्रतियोगितामा कालिका माबी टेकानपुरले दोस्रो स्थानमै चित्त बुझाउनु परेको छ । प्रथम हुनेले नगद रु १५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो हुनेले नगद रु १० हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । हाजिरीजवाफ प्रतियोथितामा गाउँपालिकामा रहेका गाउँपालिकाको शिक्षा शाखाको प्रमुख शालीकराम घिमिरेका प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको थियो । अहिले सबै वडाको माध्यमिक विद्यालयहरुलाइ प्लस टुमा निशुल्क अध्ययन अध्यापन गर्ने गराउने गरि अपग्रेड गरिएको छ । प्राइड अफ त्रिपूराको प्रायोजनमा भएको हाजिरीजवाफ प्रतियोगिताको आयोजना मंगलामाइ माध्यमिक विद्यालयले गरेको थियो ।