नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा सदस्य एवम् केन्द्रीय परिषद प्रतिनिधि ज्ञानेन्द्र तिमल्सिनाको सामाजिक सञ्जाल फेसबुक ह्याक गरिएको प्रति नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखाले खेद प्रकट गरेको छ ।
पत्रकार तिमल्सिनाको आइतबार विहानबाट फेसबुक अकाउण्ट ह्याक भएको थियो । ह्याकपश्चात आफू ज्ञानेन्द्र तिमल्सिना भएको भन्दै मेसेजञ्जरमार्फत अन्य फेसबुक एकाउण्टमा जाडिएका तिमल्सिनाका साथीहरुसँग नगद रकम माग गर्ने बैंक तथा व्यक्तिगत अन्य विवरणको पासवर्ड, पीन कोड नम्बर लगायत डिजिटल डकुमेन्ट माग गर्ने गरेका थिए । महासंघ जिल्ला सचिव विदुर आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा सञ्चकर्मी तिमल्सिनाको फेसबुक अकाउण्ट ह्याक गरि मेसेञ्जरमार्फत नगद लगायत डिजिटल डकुमेन्ट माग गर्नु पुरापुर आपाराधिक गतिविधि भएको भन्दै सम्वन्धित निकायलाई तुरुन्त दोषिको पहिचान गरि कारबाही गर्न माग गरिएको छ । पछिल्लोपटक यस्ता डिजिटल ठगी एवम् आपाराधिक घटनाहरु बढ्दो अवस्थामा रहेको हुँदा समाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई सजग रहन पनि महासंघले अपिल गरेको छ ।
