सम्पर्क

विश्व समावेशी साहसी संस्थाद्धारा पाँच विद्यालयमा ५० थान कम्प्युटर वितरण

सिन्धुपाल्चोकको विभिन्न ५ विद्यालयमा विश्व समावेशी साहसी संस्थाद्धारा ५० थान कम्प्युटर वितरण गरिएको छ ।
संस्थाले सञ्चालन गरिरहेको फिमेल लिडरसिप एकेडेमी ट्रेनिङका प्रशिक्षार्थीले प्रयोग गर्ने र विद्यालयकै स्वामित्वमा रहनेगरि ती कम्प्युटर हस्तान्तरण गरिएको हो । संस्थाको कार्यक्रम संयोजक गौरी मालाकारका अनुसार तालिम सञ्चालन भईरहेको श्री कृष्ण रत्नगंगा मावि चौतारा, श्री रत्नराज्य मावि जुगल, श्री क्षेत्र पालेश्वरी मावि पाँचपोखरी थाङ्पाल, ईन्द्रेश्वरी मावि मेलम्ची र जालपा देवि मावि बाहुनेपाटीमा १०÷१० थान कम्प्युटर हस्तान्तरण गरिएको हो । तालिममा २०० भन्दा धेरै सहभागी रहेको समेत मालाकारले जानकारी दिनुभयो । कृष्ण रत्नगंगा माविमा कम्प्युटर हस्तान्तरण गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाकि उपप्रमख सीता थापाले प्राइभेट पब्लिक पार्टनरसिप (पिपिपि) मोडलमा काम गरेर युवा तथा महिलालाई नेतृत्व विकास, उद्यमशीलता, वाककला सिकाउदै उनिहरुको क्षमता विकास गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । थापाले स्थानीय सरकारले पनि यस बारेमा छलफल चलाइरहेकोे बताउनुभयो ।
संस्थाले सञ्चालन गरिरहेको २ बर्षे महिला नेतृत्व विकास तालिमको तालिम ५ महिना पूरा भएको छ । तालिममा अंग्रेजी भाषा र कम्प्युटर शिक्षामा विशेष प्रशिक्षण दिइरहेको छ भने उनिहरुलाइ माउन्टेन गाइड बनाउने लक्ष्य संस्थाको रहेको छ ।
प्रत्येक विद्यालयमा २५ देखि ४० जना किशोरी सहभागी छन् । हिमालि पर्यटनको उच्च संभावना रहेको नेपालमा महिला ट्रेकिङ गाइडको संख्या एकदमै कम भएकोले उनिहरुलाइ यो तालिम दिइएको संस्थाकि अध्यक्ष माया गुरुङले बताउनुभयो । महिलाहरु बेरोजगार रहेको तर मुलुकमा महिला गाइडको संख्या न्यून भएकोले महिलाहरुको आयआर्जनमा समेत सहयोग पुर्याउने आफुहरुको लक्ष्य बेरोजगार रहेको तर मुलुकमा महिला गाइडको संख्या न्यून भएकोले महिलाहरुको आयआर्जनमा समेत सहयोग पुर्याउने आफुहरुको लक्ष्य रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।
अध्यक्ष गुरुङका अनुसार तालिममा सहभागीहरुलाइ प्रयोगात्मक ज्ञानको लागि फागुनको पहिलो साता जुगल हिमालको आधार शिविरसम्म जाने योजना रहेको छ । इच्छुक सहभागीलाई जुगल हिमाल समेत आरोहण गराएर अनुमतिपत्र प्राप्त माउन्टेन गाइड बनाउने लक्ष्यका साथ तालिम सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।