गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पार्टीलाई अन्तरघात गरेको भन्दै नेपाली काँग्रेस दोलखा कार्यसमितिद्धारा कारवाही गर्ने भएको छ । दोलखा जिल्ला सभापती वर्मा लामाले सोमबार एक विज्ञप्ति निकाल्दै यस्तो जनाउनु भएको को हो । 
लामा द्धारा जारी विज्ञप्तिमा उम्मेदवार र पार्टीको नीति निर्देशन नमानी प्रत्येक्ष वा परोक्ष असहयोग गरेको, अन्तरघात गरेको लगाएतको नेता तथा कार्यकर्ताहरुको नामावली केन्द्रिय अनुसासन समितिमा कार्वाहिको लागी लेखि पठाउन निर्देशन भएको पत्रअनुसार नेपाली काँग्रेस दोलखाको कार्य सम्पादन समितिको मिति २०७९ मंसिर २० गतेको वैठकको निर्णय तथा मिति २०७९ पौष १० गते वसेको वृहत समिक्षा वैठकले छानविन गरि अन्तरघातीहरुको नाम सार्वजानिक गर्ने, नेपाली काँग्रेस दोलखाको गतिविधिमा त्यस्तो व्यक्तिहरुलाई संलग्न नगराउने कार्वाहिको लागि केन्द्रमा नाम सिफारिस गर्ने वा माफि मिनाह गर्ने समेतको सम्पूर्ण अधिकार नेपाली काँग्रेस जिल्ला कार्य समिति दोलखाको सभापति तथा प्रदेश सभा ख का उम्मेदवार वर्मा लामालाई सम्पुर्ण अधिकार प्रत्यायोजन गरे अनुरुप, छानवीन, सोधपुछ, खोजवीन, गर्दा र म स्वयम् उम्मेदवारले गरेको अनुभुती, महसुस, सवै साथीहरुबाट आएको रिपोर्टिङ, जहाँ जहाँ नेपाली काँग्रेसको कृयाशिल सदस्यहरु अधिक रहेको वडाहरुमा र नेताहरु अधिक रहेको वडाहरुमा हामीले स्थानिय निर्वाचनमा ल्याएको मत परिणाम भन्दा निकै कम मत प्राप्त भएको तर हामीले आशा कम गरेको वडाहरुबाट अधिक मत प्राप्त भएको परिणामले पनि हाम्रो ठुला नेता तथा कार्यकर्ताहरुले समेत असहयोग गरेको अर्न्तघात गरेको ठहर गरिएको छ । ति संकलित नामावलीहरु जिल्ला पार्टीसंग सुरक्षित राखेका छौं र आवश्यक परेमा सार्वजानिक गर्न सकिने छ । नेपालको राजनैतिक अवस्था निर्वाचन अघि रहेको ५ दलिय गठबन्धन आज छैन । नयाँ समिकरण वनेको छ । हामी सरकार पक्षबाट एकाएक प्रमुख प्रतिपक्षको भुमीकामा पुगेका छौ । दोलखा जिल्लाको राजनैतिक ईतिहाँसमा नेपाली काँग्रेसको संगठन हिजोदेखि आज सम्म कम्जोर सावीत भएको छ । १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी कार्यसमितिको सकृयता र मेरो नेतृत्वको कारणले गर्दा स्थानिय निर्वाचनमा गठबन्धन दलको अकर्मन्यताको बावजुत पनि हामीले सफलता हाँसिल गर्न सक्यौ । निर्वाचनमा पनि ठुलो संख्यामा अर्न्तघात भएता पनि गठबन्धन दलको उम्मेदवारहरु ३ सिट मध्ये २ सिट जित्न सफल भएका छौं । यो २८ वर्ष पछिको सफल परिणाम हो । यसले हामीलाई गौरव गर्ने स्थान दिएको छ । तथापी दोलखा जिल्लामा अहिलेको समानुपातिक मत परिणामलाई मध्येनजर गर्दा नेकपा एमाले ३०,९८६, नेपाली काँग्रेस २७,००७, र नेकपा माओवादी केन्द्र ११,५८२ रहेको छ । यसरी हेर्दा हाल सम्म पनि हामी दोश्रो पार्टीको रुपमा मात्र रहेको देखिन्छ । यी सवै परिस्थितिको मुल्याङ्कन गरी आगामी दिनमा नेपाली काँग्रेसलाई अव्वल पार्टी पहिलो पार्टी वनाउनको निमित्त सवै नेता कार्यकर्ताहरु एक भएर अगाडि वढ्नु पर्ने आवश्यक्ता रहेको कुरा मैले महसुस गरेको छु । व्यक्तिगतरुपमा भन्नुपर्दा यो शुवर्ण अवसर पार्टीले गुमाउनु पर्दा मलाई ठुलो दुःख लागेको छ तापनि दोलखा जिल्लाको पार्टी सभापतिको गहन जिम्मेवारीलाई मनन् गर्दै अर्न्तघात गर्ने पार्टीको उम्मेदवारलाई असयोग गर्ने सूर्यमुखी एवम् अर्थमुखी केहि काँग्रेसहरु समेतलाई सुध्रने अवसर प्रदान गर्दै यो अविस्मरणिय घटनालाई वीस्मृतीमा राखेर ठुलो छाती बनाएर पाटीलाई एक ढिक्का बनाउनको निमित्त सुदृढ र संगठित काँग्रेस निमार्णको लागी सवै असहयोगी साथीहरुलाई नेपाली काँग्रेस दोलखाले क्षमादान गर्ने निर्णयमा पुगेको कुरा अवगत गराउन चाहान्छु साथै नेपाली काँग्रेस दोलखाको सवै साथीहरुलाई आगामी यात्रामा पार्टीको नीति निर्देशन वमोजिम लामबद्ध हुन आह्वान गर्दछु भनिएको छ ।
