मानब बेचबिखन तथा ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेको छ । सिन्धुपाल्चोक जिल्ला जुगल गाँउपालिका वडा नं. ५ बस्ने २५ वर्र्षीय कविता घिमिरेलाई पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला अदालतको २०७२ फागुण १२ गतेको फैसलाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ९ वर्ष २६ दिन कैद, पचास हजार रुपैयाँ (अक्षेरुपी रु.५०,०००÷–) जरिवाना र मिति २०७४ फागुण ९ गतेको फैसलाले थुनुवा÷कैदी भागे भगाएको मुद्दामा ४ वर्ष ६ महिना २४ दिन कैद गरी १३ वर्ष ७ महिना २० दिन कैद र रु.५०,०००÷– जरिवाना भई फरार रहेको घिमिरेलाई ६ वर्ष ११ महिना ११ दिनपछी पक्राउ गरेको जिल्ला प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो ।
चौताराबाट खटिएको प्रहरी टोलिले सोमबार काठमाडांै जडिबुटी स्थितबाट पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा निजको कैद÷जरिवाना असुल उपरका लागि जिल्ला कारागार चौतारा चलान गरेको बुढाथोकीले बताउनुभयो ।
