सम्पर्क

सिद्धिगणेश मावि ६१औं वर्षमा

चौतारा साँगाचोकगढी नगरपालिका –७ सानोसिरुवारीमा रहेको सिद्धिगणेश माध्यमिक विद्यालयले ६१ औं बार्षिकोत्सव, अविभावक, धुपु विद्यार्थि पुर्नमिलन दिवस भब्य रुपमा मनाएको छ । वार्षिकोत्सबको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी तथा भौतिक प्रर्वाधार विकास मन्त्री युवराज दुलालले गर्नुभएको हो । मन्त्रि दुलालले आफुले ल्याएको विद्यालय नर्स कार्यक्रम विद्यालय बस कार्यक्रम प्रभावकारी रहेको दावी गर्नुभयो । साथै बागमति प्रदेशको सबै माध्यमिक विद्यालयहरुमा एक विद्यालय एक नर्स लागु गर्ने तयारी भईरहेको समेत बताउनुभयो । सोहि अवसरमा विद्यालयले मन्त्रि दुलाललाई सफल कार्यकालको शुभकामना सहित सम्मान गरिएको थियो । कार्यक्रमका विशेष अतिथी जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख कृष्णप्रसाद सुवेदी, लगायतले वार्षिकोत्सको सम्बोधन गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रविन गौतमको सभापतित्वमा भएको कार्यक्रमा विद्यालयका प्रधानाध्यापक राजकुमार यादवले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थिहरुको साँस्कृतिक प्रस्तुतिले थप रौनकता थपेको थियो ।