सम्पर्क

जुगलमा श्रमिक बैकको स्थापना

 सिन्धुपाल्चोक जिल्ला जुगल गाँउपालिका देशकै पहिलो श्रमिक बैकको कार्यबिधी पास गर्ने पालिका भएको छ ।
आफ्ना पालिकाका नागरिकलाई पालिकामा नै रोजगार दिने उद्देश्यले श्रमिक बैंक स्थापना गरेको प्रमुख रेशम स्याङ्बोले बताउनु भएको छ । उहाँले पाालिकामा सञ्चालन हुने जुनसुकै परियोजनामा पनि स्थानियलाई रोजगार दिन पर्ने कार्य विधि नै बनाएर पास गरिसकेको छ । अब जुगल गाउपालिकामा सञ्चालन हुने हाईड्रोपावर कम्पनि तथा जुनसुकै कम्पनि होस वा सरकारी गैर सरकारी जुनसुकै संस्था होस जुगल गाउपालिकामा आवश्यक पर्ने जनशक्ति जुगल गाउपालिकाबाटै लिन पर्ने अध्यक्ष स्याङ्बोले बताउँनु भयो । उक्त पालिका अन्तर्गत रहेको जन आन्दोलनमा परि घाइते र अपांग हुने परिवारको १ लाख सम्मको जीवन विमा गरिएको छ । यसरी जीवन बिमा गर्दा जन आन्दोलनमा घाईते भएकाहरुलाई पालिकाले बिमा प्रिमियम तिरिदिएको छ भने जुगल गाउपालिकाले अधयक्षको पारिश्रमिक भत्ताबाट अधयक्ष अक्षय कोष समेत स्थापना गरेको छ ।
उक्त कोषले आर्थिक स्थिति कमजोरी भएका ब्यक्तिहरुका बालबालिकालाई अध्यापन गराउन छात्रवृतिको ब्यबस्था गरिएको समेत उहाँले बताउनु भएको छ । लोकप्रिय समाचारसँग कुरा गर्दै
स्याङ्बोले पालिकाको पहिरो जाने भलबाढि आउँने ठाउँमा डोजर लगाउन नपाउने भएको छ । त्यस्ता स्थानहरुमा सडक बनाउन परेमा
जनसहभागिता बाटो खन्ने ब्यवस्था मिलाईएको समेत उँहाले बताउनु भयो ।
अध्यक्ष स्याङ्वोले जुगल गाउँपालिकाका हरेक वडामा पालिका स्तरिय पहिचान युक्त कार्यक्रम सञ्चालन गर्ने जसले गर्दा हरेक वडाको आ–आफ्नै पहिचान बन्ने पालिकाले निर्णय गरेको बताउनु भयो । यसैगरि लोकप्रिय समचारसँग कुरा गर्दै जुगल गाँउपालिकाका उपाध्यक्ष हिमाल श्रेष्ठले पालिकाका हरेक नागिरकको समस्या समधान गर्नका लागि गाउँपालिका लागि परेको बताउँदै हरेक समस्यासँग जुधेर पालिकाले स्थानिय सतरमा नै रोजगारको ब्यवस्था मिलाउँन लागि परेको बताउनुभयो ।
उहाँले जुगल गाउँपालिकामा हरेक वडामा मेलमिलाप समितिले सक्रियता देखाएको र सोहि समितिबाट धेरै जसो विबाद मिलाएको भएतापनि धेरै जसो लेनदेनका बिषयमा बिबाद मुद्धा आउँने गरेको बताउँनु भयो । विशेष गरि जुगल गाँउपालिकामा सामाजिक सुरक्षा भत्ताका लागि हरेक वडा वडामा बैंक कर्मचारी सहित वडाका जनप्रतिनिधिहरुले वडा वडामा नै सामाजिक सुरक्षा भत्ता दिने गरिएको समेत उपाध्यक्ष हिमाल श्रेष्ठले बताउनु भयो । जुगल गाउँपालिका बाग्मती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो गाँउपालिकाको कुल क्षेत्रफल ५९२ वर्ग कि.मी. छ । यस गाउँपालिका राजधानी काठमाडौबाट करिब ९० कि.मि उत्तरपुर्वमा अवस्थित छ । पुर्वमा भोेटेकोशी गाउँपालिका र बाह्रिविसे नगरपालिका, पश्चिममा पाँचपोखरी गाउँपालिका, दक्षिणमा चौतारा साँगाचोकगढी नगरपालिका र वलेफि गाउँपालिका, र उत्तरमा चीन को सिमाना रहेको यस गाउँपालिका सिन्धुपाल्चोक जिल्लाकै सबैभन्दा ठूलो गाउँपालिका हो ।
यस गाँउपालिकामा ७ वटा वडा (साबिक सेलाङ, गोल्चे, गुम्बा, पाङताङ, बराम्ची, हगाम गा.वि.स) छन । यस गाउँपालिकाको मुख्य पर्यटकीय स्थल जुगल हिमाल हो ।