सम्पर्क

ब्रेकिङ न्युज २

समयमा पाठ्यपुस्तक उपलब्ध गराउन समितिको निर्देशन

ब्रेकिङ न्युज २, समाचार
दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले आगामी शैक्षिकसत्रदेखि मुलुकका सबै विद्यालयलाई समयमा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिनुभएको छ । समितिको आजको बैठकमा उहाँले सो निर्देशन दिनुभएकोह हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले भन्नुभयो, “शैक्षिक क्षेत्रको सुधारमा सङ्घीयताको अनुभूति दिलाउन पुराना ऐन खारेज गरी नयाँ ऐन ल्याउन जरुरी छ । यसलाई प्राथमिकतामा राख्नुपर्छ । पटके निर्णयलाई नीतिगत व्यवस्था गर्नुपर्दछ । राज्यले सुधार गर्न चाहे दायित्व बहन गर्नुपर्दछ ।” जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलगायत सम्बन्धित निकायका कार्यप्रणालीलाई विश्वास गर्न आवश्यक रहेको र तोकिएको समयमा कार्य गर्न नसकेको खण्डमा आवश्यक कदम चाली पाठ्यपुस्तक समयमा उपलब्ध हुने उहाँको भनाइ थियो । समितिका सभापति पन्तले भन्नुभयो, “सम्बन्धित निकायका पाठ्यपुस्तक उपलब्धताका सुनिश्तिताका समस्य...

मृगौला पिडित पाठकलाई आर्थिक सहयोग

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक क्षेत्र नं. १ प्रदेस सभा क का सदस्य मसिना खड्काले मृगौला पिडित उत्तम पाठकलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । बाह्रबिसे नगरपालिका वडा नं. ४ का पिडित पाठकको काठमाडौं वीर अस्पातलमा उपचार भईरहेको छ । आफू पैसा कमाउन होईन समाजको सेवा गर्न राजनिति गरेको बताउँदै खड्काले आफुले पाएको परिश्रमिक खर्च मृगौला पिडितलाई सहयोग स्वरुप दिनुभएको हो । २०७२ को भुकम्प तथा कोरोनाका महामारीको बेलामा आफ्नो ज्यानको प्रवाह नराखि सिन्धुपाल्चोकको हरेक नागिरकलाई आबश्यक ओैषधि तथा आवश्यक बन्दोवस्तिका सामानहरु समेतको व्यवस्था गर्न नेपाली काँग्रेसको केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतका साथ लाग्नु भएको खड्काले आफुनिर्बाचित भएपछि राज्यबाट पाएको सुबिधा बापतको नगद मृगौला पडितलाई दिनुभएको हो । पाठकको उपचार भई रहेको अस्पतालमा पुगेर ५००००।– (रु पचास हजार रूपैया) वीर हस्तानन्तरण गर्दै सिघ्र स्वास्थ्य लाभको कामना ...

नवलपुर मावि ७४आंै वर्षमा

ब्रेकिङ न्युज २, समाचार
हिरा ठकुरी सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका –४ नवलपुरमा रहेको नवलपुर माध्यमिक विद्यालयले ७४ औ बार्षिकोत्सव तथा अभिभावक भेला दिवस भव्य रुपमा मनाएको छ । बार्षिकोत्सवको उद्घाटन गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले गर्नुभएको थियोे । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले शिक्षा क्षेत्रको विकासका लागि आफु तयार रहेको बताउनुभयो । विद्यालयमा सर्वाङगिण विकासका लागि पछाडि नहट्ने समेत बताउनुभयो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा वडा नं. ४ को वडाध्यक्ष क्षेत्र बहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रधानध्यापक धर्म कुमारी खोखालिले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वार्षिकोत्सवकै अवसरमा विद्यायलको पुर्व प्रधानाध्यापक कृष्ण मान श्रेष्ठलाई सम्मान गरिएको थियो ।...

कृषि उपज संकलन केन्द्र भवनको उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
रोटरी योनोयामा स्कलर्स अलमनाई नेपालको आर्थिक सहयोगमा निमार्ण गरिएको कृषि उपज संकलन केन्द्र भवनको उद्घाटन गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उपाध्यक्ष सुनिता अधिकारीले वडा नम्बर ७ तिपेनीमा निर्मित कृषि उपज संकलन केन्द्र भवनको बिहिबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ । भवनको उद्घाटन गर्नुहुँदै उपाध्यक्ष अधिकारील निर्वाहमुखि कृषि प्रणालिलाई परिवर्तन गर्न आवश्यक रहेको वताउनुभयो । उहाँले पालिकाका विभिन्न वडालाई पकेट क्षेत्र घोषणा गर्दै कार्यक्रम अगाडी बढाएको उल्लेख गर्दै यो कार्यक्रम त्यतिधेरै प्रभावकारी हुननसकेको बताउनुभयो । उहाँले अनुदान दिदाँमात्रै काम गर्ने र ब्यबशायीक रुपमा आत्मनिर्भर भएर कसैलेपनि कामगर्नमा अग्रसर नदेखाको बताउनुभयो । उपाध्यक्ष अधिकारीले व्यबशायीक रुपमा उत्पादन गरी यस संकलन केन्द्र मार्फत विक्रि वितरण गर्न गाउँपालिका तयार रहेको बताउनुभयो । उहाँले आफ्नो घरमा जति...

मेलम्चीको १३औं नगरसभा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिकाको १३औं नगरसभा बुधबार मेलम्चीमा सम्पन्न भएको छ । नगरसभाले नगरपालिकाको शिक्षालाई ब्यबस्थित गर्न बनेको शिक्षा ऐन २०७५को तेस्रो संशोधन सर्वसम्बत पारित गरेको छ । त्यस्तै नगरसभाले विभिन्न विषयगत समितिहरुले चालु आर्थिक बर्षको हालसम्म गरेको कार्यहरुको प्रगती विवरण सभामा छलफल भइ पारित भएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । त्यस्तै आर्थिक ऐन समेत संशेधन सहित पारित गरेको तामाङले जानकारी दिनुभयो । त्यस्तै नगरपालिकाको १ अर्व ६८ करोड बराबरको विनियोजित बजेटमा संशोधन सहित पारित गरिएको हो । प्रस्तुत गर्नुभएको प्रतिवेदनमा निर्वाचित भएको ८ महिनाको अवधीमा लैङ्गिक उत्तरदायी रणनैतिक योजना, २०७९ ,राजस्व सुधार कार्ययोजना, २०७९, गर्भवती तथा सुत्केरी महिलाको यातायात तथा पोषण खर्च भुक्तानी सम्बन्धी कार्यविधि, २०७९, शव बहान संचालन तथा व्यवस्थापन कार्यविधि, २०७९ नगर खेलकुद विकास समिति संचाल...

सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’लागू

ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको हो । यही फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले सो बिदा परेकाले आजदेखि नयाँ मापदण्ड कार्यान्वयन ल्याएकोे हो । मन्त्रालयले मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कूल अङ्कभार एक सय तोकेको छ । यसमा ७० अङ्क प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । सवारी चालक अनुमति परीक्षा सञ्चालन निर्देशिका २०७७ निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो आठ (एट आकार) को अङ¬्कभार २० तोकिएको छ । दुई पटकसम्म अङ्कित रेखा छोएमा प्रत्येक पटक पाँच अङ्कको दरले १० अङ्कभार घट्न...

मेलम्चीको इन्द्रेश्वरी मावि ४९औं वर्षमा

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिका स्थित रहेको इन्द्रेश्वरी माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सब एवम् २३ औं अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बार्षिकोत्सव कार्यक्रमको उद्धघाटन गर्नुभएके थियो । बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख तामाङले मेलम्ची नगरपालिकालाई समृद्ध बनाउन र यहाँका नागरिकहरुलाई सुखि बनाउने नगरपालिकाको योजना रहेको बताउनुभयो । उहाँले सिभिल इन्जिनियरिङ ल्यावका लागि नगरपालिकाले २० लाख बजेट बिनियोजन गरेको उल्लेख गर्दै यसले यस भेगका विद्यार्थीहरुलाई फाइदा पुग्ने बताउनुभयो । उहाँले शैक्षिक विकासका लागि नगरपालिकाले १३ वटै वडामा विभिन्न रचनात्मक काम गरिरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा उपप्रमुख उमा प्रधानले महिला शिक्षा, सचेतना लगायतका विषयमा विद्यालयले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले शैक्षिक संस्थाहरुमा सेनिटरप्...

फोहोरमुक्त हुँदै बनदेउ

ब्रेकिङ न्युज २, समाचार
डम्पिङ साइटजस्तो बनेको बन्देउलाई खुल्ला दिसा पिसाब र फोहोर मुक्त गर्ने अभियानको सुरुवात गरिएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका .– ११ को वडा गाउँ सभाले गरेको २१ बँुदे कार्यक्रमबाट “बन्देउलाई खुल्ला दिसा पिसाब र फोहोर मुक्त गर्ने“ कार्य सुरुवात गर्ने निर्णय गरेको हो । सम्वृद्ध राष्ट्र निर्माणका लागि सरसफाई स्वास्थ्य र जीवनसँग जोडिएकोले सवै नागरीकको त्यसको व्यवस्थापनका लागि आफुले आवश्यक अध्ययन गरी काम सुरु गरेको वडाध्यक्ष रोशनराज गिरी बताउनुहुन्छ । वनदेउ मात्रै नभएर वडाका सवै क्षेत्रलाई फोहोर मुक्त बनाउने अभियान सञ्चालन गरिएको छ , हामी वडावासी विशिष्ट, शिक्षित र सचेतना नागरिक हौँ भन्ने परिचय दिन पनि फोहोरमुक्त वडा बनाउने अभियानमा सबैले हातेमालो गर्नुपर्ने वडाअध्यक्ष गिरी बताउनुहुन्छ ।...

कुचोबाट मनग्य आम्दानी

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
इलाम आठ ‘अ’ ले प्रख्यात मानिन्छ । आठमध्येको अम्रिसो गाईवस्तुलाई घाँस खुवाउने गरिन्छ । त्यसैको फूल अर्थात् कुचोबाट इलामका किसानहरूले मनग्य आम्दानी गरिरहेका छन् । अम्रिसो खेतीबाट किसानलाई दोहोरो आम्दानी हुने गरेको छ । घाँस वस्तुलाई र फूल घर आँगन सफा गर्न । उब्रिएको कुचो बेचेर आम्दानी भइरहेको छ । इलामका किसानको एक महत्त्वपूर्ण आम्दानीका रूपमा यसलाई समेत लिइएको छ । हाल कुचो रु एक सयदेखि एक सय २० सम्म प्रतिकिलो बिक्री भइरहेको छ । पूर्वी पहाडी जिल्लामा यसको व्यावसायिक खेती हुने गरेको छ । कुचोका लागि प्रयोग हुने अम्रिसोको फूलबाट मूल्य राम्रो पाइने भएपछि किसानको आम्दानीको मुख्य स्रोत भएको हो । बहुवर्षीय, बहुउपयोगी घाँस अम्रिसोको फूल नै कुचो हो । डाँठसहितको फूल घरआँगन बढार्न प्रयोग हुन्छ । यसको डाँठ दाउराका रूपमा प्रयोग हुन्छ । यसको पात गाईवस्तुलाई घाँसमा प्रयोग हुन्छ । बहुउपयोगी अम्रिसो यहाँका ...

बाह्रबिसे राष्ट्रपति रनिङ शिल्ड सुरु

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनौटको लागी शुक्रबारबाट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्धघाटन नेपाली काँग्रेस खेलकुद बिभागका प्रमुख एव्म नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नं. २ का संघिय सांसद मोहन बहादुर बस्नेतले गर्नुभएको थियो । प्रतियोगिताको उद्धघाटन कार्यक्रलाई सम्बोधन गर्दै सांसद बस्नेतले खेलकुद स्वास्थ्यको मुल धार भएकोले यसको बिकासका लागी सबै लागी पर्नू पर्नै बताउँनु भयो । उँहाले बल भएर मात्र पनी हुँदैन, धन मात्र भएर पनि हँुदैन, बुद्धी पनी चाहिन्छ भन्नुहँुदै बल धन र बुद्धीका लागी स्वास्थ्यको मुख्य भुमिका रहने भएकोले स्वास्थ्य रहन खेलकुदको आबश्यक पर्ने बताउँनु भयो । बाह्रबिसे नगरपालिकामा बिकास निर्माणको धेरैकाम सम्पन्न गर्न आफूले सहयोग गरेको र स्थानीयको मागको आधारमा बिकास र योजना सम्पन्न गर्न अझै पहल गर्ने बताउनु भ...