सम्पर्क

बाह्रबिसे राष्ट्रपति रनिङ शिल्ड सुरु

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनौटको लागी शुक्रबारबाट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्धघाटन नेपाली काँग्रेस खेलकुद बिभागका प्रमुख एव्म नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नं. २ का संघिय सांसद मोहन बहादुर बस्नेतले गर्नुभएको थियो । प्रतियोगिताको उद्धघाटन कार्यक्रलाई सम्बोधन गर्दै सांसद बस्नेतले खेलकुद स्वास्थ्यको मुल धार भएकोले यसको बिकासका लागी सबै लागी पर्नू पर्नै बताउँनु भयो । उँहाले बल भएर मात्र पनी हुँदैन, धन मात्र भएर पनि हँुदैन, बुद्धी पनी चाहिन्छ भन्नुहँुदै बल धन र बुद्धीका लागी स्वास्थ्यको मुख्य भुमिका रहने भएकोले स्वास्थ्य रहन खेलकुदको आबश्यक पर्ने बताउँनु भयो । बाह्रबिसे नगरपालिकामा बिकास निर्माणको धेरैकाम सम्पन्न गर्न आफूले सहयोग गरेको र स्थानीयको मागको आधारमा बिकास र योजना सम्पन्न गर्न अझै पहल गर्ने बताउनु भयो । स्थानीय तहले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिन थालनी गरेकोमा धन्यवाद दिँदै सांसद बस्नेतले स्थानीयको माग बमोजिम पर्यटनको क्षेत्रमा, बाटो, सडक तथा खानेपानी लगायतका क्षेत्रमा आफू अर्को क्षेत्रको प्रतिनिधि भए पनि मरो गृह क्षेत्र भएकोले सक्दो सहयोग गर्ने बताउनु भयो । त्यसैगरी विशेष अतिथि प्रदेश सांसद मसिना खड्काले आफुलाई विजयी बनाएकोमा स्थानीयलाई धन्यवाद दिँदै आफुले सकेको सहयोग गर्न कहिल्यै पछाडि नहट्ने बताउनु भयो । नगर प्रमुख बालकृष्ण बस्नेतले नगर भित्रका सबै वडामा खेलकुदको पहुँच पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने त्यसको लागि लागिपर्ने बताउनु भयो । आफ्ना राजनिती गुरु सांसद मोहन बहादुर बस्नेतकै पहलमा र निर्देशनमा बाह्रबिसेको सबै वडामा १२ कक्षासम्म निःशुल्क संचालनको व्यवस्था गरिएको बताउँनु भयो । नगर प्रमुख बस्नेतले शिक्षा अक्षरबाट मात्रै आर्जन नभई अतिरिक्त क्रियाकलापबाट आर्जन गरिने शिक्षाले विद्यार्थीको भविष्य उज्वल बनाउने बताउनुभयो । उहाँले विद्यार्थीको क्षमता बृद्धिका लागि यस प्रकारका प्रतियोगिता अति आवश्यक रहेको समेत बताउनुभयो । बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाकाको उपप्रमुख मन्जु तामाङले खेलाडीहरुलाई स्वागत गर्दै नगरपालिकाको खेलाडीहरुले जिल्लामा पहिलो स्थान हासिल गर्ने बिश्वास ब्यक्त गर्नुभयो । प्रमख प्रशासकीय अधिकृत चुरामणी पन्थीले स्वागत गर्दै नगरको बिकास तथा शुसासन, जनआकांक्षा पुरा गर्नका लागी बाह्रबिसे नगरपालिकाका पदाधिकारीले एक भएर काम गरेकोले नगर बिकासका कार्यक्रममा सहजता भई रहेको बताउँनुभयो । कार्यक्रममा शिक्षा शाखा प्रमुख कल्पना घिमीरे लगायतले शुभकामना दिनुभएको थियो भने सुनकोशी गाउँपालिकाको निवर्तमान अध्यक्ष श्रवणकुमार जिसी लगायत जनप्रतिनिधि, खेलाडी, विद्यार्थी र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । शुक्रबार र शनिवार दुई दिनमा सम्पन्न हुने राष्ट्रपति कपमा नगरपालिका भरका ९ वटै वडाका विद्यालयले भलिबल छात्र÷ छात्रा, तेक्वान्दो,कराते, एथलेटिक्स, रिले, सटपुट, लगायतका खेलमा भाग लिने भएका छन ।