सम्पर्क

बहुयोजनाका साथ अगाडि बढ्दै बाह्रबिसे

 सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले नगरभित्रका नागरिकलाई स्थानिय उत्पादन मुलक काममा फरक ढङ्गले अनुदान बितरण गरेको छ ।
लोकप्रिय समाचारसँग कुराकानी गर्दै नगर प्रमुख बालकृष्ण बस्नेतले नगरपालिका भित्र रहेका नागरिकले डाक्टर, इन्जिनीयर पढ्न चाहानेलाई छात्रबृत्तिको ब्यवस्था गर्नुका साथै स्थानीय स्तरमा नै रोजगारको समेत ब्यवस्था गरेको बताउनुभएको छ । कृषी उत्पादन क्षेत्रमा लागेकाहरुलाई प्रोत्साहन सहयोग गरेको जसमा रासायनीक मलको अभाव भएकाले स्थानीय स्तरमा नै उत्पादन हुने गाई बस्तुको मल उत्पादनमा सहजीकरण गर्नका लागी गोरु पाल्ने किसानलाई गोरुको लागी पोष्ट्रिक आहार खुवाउँन प्रती हलगोरु पालकलाई रु १००००। दस हजार रुपैयाका दरले नगद अनुदान दिएको छ । खेती गर्नका लागी गोरु जेत्ने तथा गोरु पाल्ने ब्यक्तिका लागी जिवन बिमाको समेत नगरपालिकाले ब्यबस्था गरिदिएको हलगोरु र गोरुको स्याहार सुसार गर्ने जोत्ने ब्यक्तिको बिमाको ब्यवस्था गरेपछी स्थानीय उत्पादनमा बृद्धि हुने बस्नेतले बताउँनु भयो ।
बाह्रबिसे नगरपालिकाले गोरु धनीको दुईलाख रुपैयाँ र गोरुको मुल्याङकनका आधारमा ९० प्रतिशत पाउँनेगरी बिमा गरिदिएको छ । त्यसैगरी बिद्यालयमा दिवा खाजा खुवाउँन सरकारले कक्षा ६ सम्म मात्र ब्यवस्था गरेको छ भने बाह्रबिसे नगरपालिकाकाले ८ कक्षासम्म व्यवस्था गरेको छ । त्यसमा पनी गाउँमा नै उत्पादन भएको मकै भटमास, कोदोको रोटी, जाउलो जस्ता पौष्टिक खानेकुराको ब्यवस्था गरिदिएको छ । त्यसो हँुदा बिद्यालयका बिद्यार्थीले ताजा खानेकुरा पाउँने र स्थानीय कृषकहरुले पनी आफ्नो उत्पादन गाँउमा नै बिक्री गर्न पाउँने भएकाले यसबाट स्थानीय नागरिकलाई फाइदा पुग्ने बस्नेतले बताउँनु भयो ।
उहाँले नगरबासीको छोराछोरीहरुले कापी, कलम, झोला तथा शुल्क तिर्न नसकेको (पैसा नभएको) कारणले बिचमा पढाइ छोडन नपरोस भनि १२ कक्षा सम्म निःशुल्क शिक्षा सञ्चालन गरेको समेत बताउनुभयो । यसैगरी बस्नेतले हिमाली भेगमा भोटेकुकुर संरक्षक अनुदान ४ लाख अनुदान दिएको बताउँदै भैंसी अनुदान ३५ हजार को दरले १० जना ३ लाख ५० हजार ÷चौरी उत्पादनको लागि याक बितरण ,सुनौलो १००० दिनका आमाहरुलाई उन्नजातको अण्डा दिने कुखुराको माउ बितरण गरिएको लगाएत जनमुखी काम गरेको बताउनुभयो यसैगरी स्वास्थ्य क्षेत्रमा पनि १५ बेडको क्षेत्रीय अस्पताल सन्चालन प्रक्रिया तिब्र भएको नगरपालिका भित्रको सबै स्वास्थ्य चौकी स्वास्थ संस्थाको भौतिक संरचना ८०% सम्पन्न अन्य ब्यबस्थापन उत्कृष्ट रहेको बताउँनुभयो ।
यसैगरी पोषण क्षेत्रमा सबै वडा तहमा बजेट बिनियोजित भएको तथा गर्भवती÷२ बर्ष भित्रका सुनौलो १००० दिनका आमाहरुलाई अण्डा लगायत पोषणयुक्त आहारा बितरण तत्कालै गरिरहेको तथा कतै गर्न बाँकी रहेको स्थानमा तत्कालै कार्यान्वयन हुने हुँदा बहुक्षेत्रीय पोषण योजना कार्यक्रम सफलता तिर अगाडी बढेको बताउँनु भयो । यसैगरी नगर उपप्रमुख मन्जु तामाङले नगरपालिकामा धेरै बिकासका कामहरु अगाडी बढी रहेको बताउँनु भयो ।
उँहाले न्यायीक समितीको संयोजक भएर काम गरिरहँदा नगर भित्र प्रायः जसो छरछिमेकीको झैँेझगडा श्रीमान् श्रीमती बीचको विवादहरु आएको बताउँदै २०७९ असार देखि यता ३० वटा विवादहरु दर्ता भएको र १४ वटा विवादहरु मेलमिलाप गरि मिलाउन सफल भएको बताउनुभएको छ । सबै भन्दा बढी समस्या भनेको आर्थिक लेनदेनका बिबाद भएको समेत बताउनुभयो ।
उँहाले ंमहिलाहरुलाई जनचेतना जगाउने सीप सिकाउने तालिमको ब्यबस्था गर्ने महिलाहरूलाई एक सक्षम उद्यमशिल महिला बनाउने योजना रहेको जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख चुरामणी पन्थीले नगरभित्र बिकासका गतिविधिहरु र यहाँ भैईरहेको बिकासका योजनाहरु परदर्शीताका साथ भएको बताउँनु भयो । २०७९ भदौ २० गते देखि कार्य गर्र्दै आउँनु भएका पन्थीले विभिन्न शाखा र वडा कार्यालय मार्फत बिकासका कामहरु भैरहेको छ भने नगर भित्रका निमार्ण कार्यहरुको सम्झौता गरेर १५% योजनाहरुको भुक्तानी भएको छ । बिषय गत शाखाहरुमा ३०% सम्पादन भैसकेको छन भने अन्य कामहरु पनि सञ्चालनका क्रममा छ भन्दै आफुले संघ, प्रदेश,स्थानीय सरकार र नागरिक सेवाग्रहीसँग समेत समन्वय गरेर काम गरिरहेको बताउँदै निती निर्देशिका भित्र रहेर गरेको काममा कुनै बिबाद नआउँने तर निर्देशिकामा भएका कुराहरु जानकार भएर अरुलाई सम्झाई बुझाई काम गर्न पर्ने बताउँनु भयो । योजना अधिकृत बिकास पौडेलले हालसम्म १२६ वटा योजना सम्झौता भएको बताउँनु भयो । जसमा ४७ वडा सम्पन्न भई भुक्तानी समेत भईसकेको र अन्य बाँकी रहेको बताउनुभयो ।
नगर शिक्षा अधिकृत कल्पना घिमिरेले पोषण तर्फ नगरले स्थानीय स्तरमा नै उत्पादन भएका सामाग्री प्रयोग गरेको र कक्षा १२ सम्म निःशुल्क शिक्षाको ब्यवस्था गरेको बताउँनुभयो ।