सम्पर्क

इन्द्रावतीको सेतीदेवी मावि ४५औ वर्षमा

हिरा ठकुरी/ईन्द्रावती सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका – ११ बोडगाउँमा स्थित सेतीदेवी माध्यमिक विद्यालयले आफ्नो ४५औं बार्षिकोत्सव तथा अविभावक दिवस मनाएको छ । वडा नं. ११ का वडाध्यक्ष रामजी माझीले कार्यक्रम उद्धघाटन गर्नुभएको थियो । बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष माझिले विद्यार्थी र विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि वडा, पालिका र स्थानीय सरकारबाट आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदार माझीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तोप प्रसाद नेपालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुति गर्नु भएको थियो । सोहि अवसरमा विद्यालयको उत्कृष्ट शिक्षिका अनिता सापकोटालाई सम्मान गर्नुका साथै विद्यार्थीहको विविध सांस्कृतिक कार्यक्रमले थप रौनकता थपेको थियो ।