सम्पर्क

बाह्रबिसे राष्ट्रपति रनिङ शिल्डको उपाधि क्षेमादेवी माबिलाई

 

बाह्रबिसे नगर पालिकास्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बाह्र्बिसे नगरपालिका बाट क्षमादेबी माबी ले २८ मेडल जित्दै पहिलो हुन सफल भएको छ । नगर पालीकाको कबर्डहलमा संघीय सासंद माननीय मोहन बहानदुर बस्नेतले उद्घाटन गर्नु भएको खेलको बागमती प्रदेस माननीय मसिना खड्काले समापन गर्नु भयो । कार्यक्रमलाइ सम्बोधन गर्दै बागमति प्रदेस सभा सदस्य माननीय मसिना खड्काले खेल जगतले मानविय स्वास्थ्यको भुमिका खेल्ने भयकोले खेल कुद को विकासलाई पहिलो प्रथमिकतामा राख्न पर्ने जोड दिनु भयो । उहाँले खेतबारिमा काम गर्ने कृषक हरु कुनेै न कुनै तरिका बाट शारिरिक वायममा रहेका हुन्छन भने खेलकुदमा लागेकाहरुले पनि कुनै न कुनै तरिका बाट शारिरिक वायममा ,रहेका हुनछन भन्दै स्वास्थ्यको लागि खेलकुद अति आबशयक भएको बताउँनु भयो । पाचौ राष्ट्रपति रनिङ् खेलाडि छनोट गर्ने क्रममा छनोट भएका खेलाडि हरुलाई धन्यबाददिदै प्रमाण पत्र बितरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै यस्तो बताउँनु भयको हो । उँहाले बार्हबिसे को खोर्शानि बारिमा भयको राष्टपति रनिङ्ग खेल प्रितयोगिता छनौट कार्यक्रम समापन कार्यक्रममा पहिलो दाश्रो र तेश्रो हुने सहभागी हरुलाइ पुरु्कार तथा प्रमाण पत्र बितरण गर्नु भयकोथियो ।
कार्यक्रलाई सम्बोधन गर्दै खड्काले बिजय खेलाडीहरूलाई धन्यवाद दिँदै खेल सँगसँगै पढाइलाई पनि प्रथामिकतामा राखेर अघि बढे धेरै राम्रो हुने बताउँनु भयो । उँहाले आउदा दिनहरूमा अभिभावकले आआफ्ना बालबालीका र शिक्षकले विद्यार्थीहरुकोे चाहाना र ईक्षाअनुसार पढाइ र खेल खेलाउन सके भबिस्यमा बालबालिकाहरूको पढाइ र खेल सँगै अघि बढ्ने बताउँनु भयो ।     उँहाले आफुले सकेको सहयोग गर्न कहिल्यै पछाडि नहट्ने समेत सो अबशरमा बताउनु भयो। कार्यक्रममा विशेष अतिथि जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले खेल खेल्दा स्वास्थ्यका साथै अनुशाित पनि बनाउने भएकोले मानविय जिवनमा खेलकुदको अति महत्व रहेको बताउँनु भयो ।श्रेष्ठले बिजय खेलाडीलाई धन्यवाद दिँदै आउदा दिनहरूमा पनि यस्ता खेल भैई रहे खेल र खेलाडीको स्तर उन्नति भैरहने स्पष्ट पार्नु भयो । उँहाले शिक्षा सिकाइ सँगै खेलकुदको पनी अभ्यास हुँदा मानीस लाइ स्वास्थ्य रहन समेत सहयोग पुग्ने बताउँनु भयो ।आफ्नो क्षेत्रबाट सकेको खेल क्षेत्रलाई सयोग गर्ने बताउनु भयो। नगर प्रमुख बालकृष्ण बस्नेतले नगर भित्रका सबै वडामा खेलकुदको पहुँच पुर्याउन महत्त्वपूर्ण भुमिका खेल्ने त्यसको लागि लागिपर्ने बताउनु भयो । उहाँकै पहलमा बाह्रबिसेको सबै वडामा १२ कक्षासम्म निशुल्क संचालनको व्यवस्था गरिएको छ । कार्यक्रममा नगर पालिका उप प्रमुख मन्जु ताामागंले नगरपालिकाबाट खेलकुदका लागी आबश्यक सहयोग गर्दै आएको र उक्त कार्यको लागी सबै पक्षबाट सहयोग हुन पर्नै बताउँनु भयो ।,नगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी ,नेपाली काँग्रेसका नेता बुद्ध राज बस्नेत लगायत जनप्रतिनिधि, खेलाडी, विद्यार्थी र स्थानीयको हरुको उपस्थिति रहेको थियो । शुक्रबार र शनिवार दुई दिनमा सम्पन्न भएको राष्ट्रपति कपमा नगरपालिका भरका ९वटै वडाका विद्यालयले भलिबल छात्र÷ छात्रा, तेक्वान्दो,कराते, एथलेटिक्स, रिले, सटपुट, लगायतका खेल खेलाईएको थियो भने सबै बिधामा २८ मेडल जित्दै पहिलो क्षेमादेबि मा.बि भएको भने दोस्रो कालिदेबि मा.बि र तेस्रो शारदा मा.बि भएको आयोजक बाह्रबिसेनगरपालिकाले जनाएको छ ।