सम्पर्क

तेक्वान्दो संघको भेला सुकुटेमा

कुमार बस्नेत (अधिराज) /सुकुटे
नेपाल तेक्वान्दो संघको महत्वपूर्ण भेटघाट रिबर बे सुकुटेमा शनिबार सम्पन्न भएको छ । शुक्रबारदेखि भएको भेटघाटमा नेपाल तेक्वान्दो संघको केन्द्रिय अध्यक्ष प्रकाश शमसेर राणा, उपाध्यक्ष भान बहादुर चन्द, दिल बहादुर ओलि नेपालमा तेक्वान्दो भित्राउने पहिलो ब्यक्ति तेक्वान्दोका जन्म दाता तथा संघका महासचिव दिपराज गुरूङ, बागमती प्रदेश अध्यक्ष केशव पुरी,महासचिव हरिहर ढुंगाना केन्द्रिय प्रबक्ता साम्राज्य बिक्रम ,केन्द्रिय सदस्य राम गिरि, कुमार घिसिङ काभ्रे अध्यक्ष केशव थापा ,भक्तपुर अध्यक्ष श्याम तजले,सिन्धुपाल्चोक जिल्ला अध्यक्ष प्रेमबहादुर भण्डारी,सिन्धुपाल्चोक जिल्ला तेक्वान्दोका पुर्व अध्यक्ष बुद्ध राज बस्नेत ,जिल्ला सचिब कुमार बस्नेत लगायतको उपस्थिती रहेको थियो । । उक्त भेलामा तेक्वान्दो बिकासका लागि महत्वपूर्ण छलफल भएको र चाडै नै सिन्धुपाल्चोकमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता गराउने पुर्व अध्यक्ष बुद्धराज बस्नेतको प्रस्तावमा र जिल्ला अध्यक्ष प्रेम भण्डारीको समर्थनमा छलफल गरि राष्ट्रिय प्रतियोगिता सहित महत्वपूर्ण निर्णयहरू भएको सिन्धुपाल्चोक जिल्ला सहसचिव कुमार बस्नेतले बताउनुभयो । सिन्धुपाल्चोकले तेक्वान्दो संघको लागि धेरै योगदान, दिएको सिन्धुपाल्चोकमा तेक्वान्दो भित्राउने पहिलो ब्यक्ति सिन्धु तेक्वान्दोका जन्म दाता तथा अध्यक्ष प्रेम भण्डारीलाई बिशेष धन्यवाद दिदै यो कार्यक्रम गराई जमघट गर्ने बाताबरण मिलाएकोमा अध्यक्ष भण्डारी लगायत नेपाल तेक्वान्दोसंँग सिन्धुपाल्चोक कार्यसमितिलाई धन्यवाद दिदै केन्द्रिय अध्यक्ष प्रकाश शमसेर राणाले कार्यक्रम समापन गर्नुभएको हो ।