रोटरी योनोयामा स्कलर्स अलमनाई नेपालको आर्थिक सहयोगमा निमार्ण गरिएको कृषि उपज संकलन केन्द्र भवनको उद्घाटन गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उपाध्यक्ष सुनिता अधिकारीले वडा नम्बर ७ तिपेनीमा निर्मित कृषि उपज संकलन केन्द्र भवनको बिहिबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ । भवनको उद्घाटन गर्नुहुँदै उपाध्यक्ष अधिकारील निर्वाहमुखि कृषि प्रणालिलाई परिवर्तन गर्न आवश्यक रहेको वताउनुभयो । उहाँले पालिकाका विभिन्न वडालाई पकेट क्षेत्र घोषणा गर्दै कार्यक्रम अगाडी बढाएको उल्लेख गर्दै यो कार्यक्रम त्यतिधेरै प्रभावकारी हुननसकेको बताउनुभयो । उहाँले अनुदान दिदाँमात्रै काम गर्ने र ब्यबशायीक रुपमा आत्मनिर्भर भएर कसैलेपनि कामगर्नमा अग्रसर नदेखाको बताउनुभयो । उपाध्यक्ष अधिकारीले व्यबशायीक रुपमा उत्पादन गरी यस संकलन केन्द्र मार्फत विक्रि वितरण गर्न गाउँपालिका तयार रहेको बताउनुभयो । उहाँले आफ्नो घरमा जति छ त्यतिनै भएपनि विक्रि गर्ने बानीको विकास गर्न आग्रह गर्नुभयो । अधिकारीले उत्पादन धेरैभएमा गाउँपालिकाले कृषि एम्बुलेन्स समेत सञ्चानमा ल्याउने योजनामा रहेको बताउनुभयो । ३३ लाख ५० हजारमा निमार्ण सम्पन्न भवनले यस भेगका नागरिकको बृहत्तर हितमा प्रयोगगरी स्थानिय जनताको आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा लिइएको संस्थाका अध्यक्ष तारा प्रसाद सापकोटाले बताउनुभयो । वडा नम्बर ७ का वडा अध्यक्ष सुके तामाङको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि आर्थिक विकास समिति एवम् कृषि तथा पशु विकास समितिका संयोजक तथा वडा नम्बर १का वडा अध्यक्ष आलोक कुमार स्याङ्बोले अबका दिनमा सम्पुर्ण वडाहरुमा समिति निमार्ण गरी गाउँमा उत्पादन भएका कृषि उत्पादनलाई कृषक कृषि उपज संकलन केन्द्र सम्म ल्याउने वातावरण सिर्जना गर्नका लागी समितीले काम गर्ने बताउनुभयो । उहाँले पालिकाको यस कार्यलाई सहयोग गर्नसमेत आग्रह गर्नुभयो । कार्यक्रममा संस्थाका प्रतिनिधि, गाउँपालिका कर्मचारी लगायत स्थानियको उपस्थिती रहेको थियो ।
