सम्पर्क

प्रदेश स्तरिय पदकधारी राफिका सम्मानित

चौतारा साँगाचोकगढी नगरपालिका ७ सानोसिरुवारी स्थित सिद्धिगणेश माध्यमिक विद्यालयको प्राङ्गणमा जुनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । सोही अवसरमा दशरथ रंगशाला त्रिपुरेश्वर काठमाडौंमा गत माघ १३ र १४ गते जैशिदेवल युथ क्लबद्वारा आयोजित बागमती प्रदेश स्तरिय तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा सिन्धुपाल्चोकको तर्फबाट महिला ४२ के.जी. तौल समुहमा प्रतिनिधित्व गर्दै क्योरुगीमा रजत पद जित्न सफल राफिका ढुङ्गेललाई नगद रु २ हजार र सम्मान पत्रद्वारा हिराहरी तेक्वान्दो डोजाङ्गले सम्मानित गरेको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सेतो पेटीदेखि रातोपेटी सम्मको ग्रेडिङ लिएको छ । जुनियर ग्रेडिङमा सेतो पेटीका राकेश मगर, पहेँलो पेटीका स्मृति नेपाल र निलो पेटीका अर्जुन योन्जन डबल प्रमोसन हुन सफल भएसंगै अन्य प्रशिक्षार्थी भने उतिर्ण भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी सिद्दिगणेश माध्यमिक विद्यालयको अध्यक्ष रबिन गौतम विशेष अतिथी बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य निरन्जन थापा मगर अतिथी विद्यालय ब्यवस्थापन समिति सदस्य केदार दुलाल, अभिभावक समितिका अध्यक्ष प्रजिता पराजुली , शिक्षक वर्ग सिनियर खेलाडीहरु अन्जन पुरि, सुरज थापा, मनिष सापकोटा, बिजय तामाङ , अनमोल कार्की , निशान ढुङ्गाना र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको ग्रेडिङ डोजाङ्गका सिनियर खेलाडी दोस्रो डान कालो पेटि मेनुका श्रेष्ठले लिनुभएको थियो । जुनियर ग्रेडिङ कार्यक्रममा राकेश मगरले उत्कृष्ट खेलाडीकोले को ट्रफि जित्न सफल भएको छ । साथै कार्यक्रममा कालो पेटीको नेपाली तथा कोरियन प्रमाणपत्र वितरण पनि गरिएको थियो । हिराहरी तेक्वान्दो डोजाङका संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले सञ्चालन गर्नुभएको थियो ।