हिरा ठकुरी
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका –४ नवलपुरमा रहेको नवलपुर माध्यमिक विद्यालयले ७४ औ बार्षिकोत्सव तथा अभिभावक भेला दिवस भव्य रुपमा मनाएको छ । बार्षिकोत्सवको उद्घाटन गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले गर्नुभएको थियोे । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले शिक्षा क्षेत्रको विकासका लागि आफु तयार रहेको बताउनुभयो । विद्यालयमा सर्वाङगिण विकासका लागि पछाडि नहट्ने समेत बताउनुभयो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा वडा नं. ४ को वडाध्यक्ष क्षेत्र बहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रधानध्यापक धर्म कुमारी खोखालिले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वार्षिकोत्सवकै अवसरमा विद्यायलको पुर्व प्रधानाध्यापक कृष्ण मान श्रेष्ठलाई सम्मान गरिएको थियो ।
