सम्पर्क

मृगौला पिडित पाठकलाई आर्थिक सहयोग

सिन्धुपाल्चोक क्षेत्र नं. १ प्रदेस सभा क का सदस्य मसिना खड्काले मृगौला पिडित उत्तम पाठकलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको छ ।
बाह्रबिसे नगरपालिका वडा नं. ४ का पिडित पाठकको काठमाडौं वीर अस्पातलमा उपचार भईरहेको छ । आफू पैसा कमाउन होईन समाजको सेवा गर्न राजनिति गरेको बताउँदै खड्काले आफुले पाएको परिश्रमिक खर्च मृगौला पिडितलाई सहयोग स्वरुप दिनुभएको हो । २०७२ को भुकम्प तथा कोरोनाका महामारीको बेलामा आफ्नो ज्यानको प्रवाह नराखि सिन्धुपाल्चोकको हरेक नागिरकलाई आबश्यक ओैषधि तथा आवश्यक बन्दोवस्तिका सामानहरु समेतको व्यवस्था गर्न नेपाली काँग्रेसको केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतका साथ लाग्नु भएको खड्काले आफुनिर्बाचित भएपछि राज्यबाट पाएको सुबिधा बापतको नगद मृगौला पडितलाई दिनुभएको हो ।
पाठकको उपचार भई रहेको अस्पतालमा पुगेर ५००००।– (रु पचास हजार रूपैया) वीर हस्तानन्तरण गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको उँहाको स्वकिय सचिव पेम्लामु शेर्पाले जानकारि दिनुभएको छ । उहाँले पिडित पाठक उपचार पश्चात पुन रुपमा स्वस्थ्य भएपछि नोकरिको समेत व्यवस्ता गरिदिने प्रतिबद्धता जनाउनुभयो । पिडितको आमा मसलि पाठकले मन देखिनै धन्यवाद समेत व्यक्त
गर्नुभएको थियो ।