मेलम्ची नगरपालिका स्थित रहेको इन्द्रेश्वरी माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सब एवम् २३ औं अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बार्षिकोत्सव कार्यक्रमको उद्धघाटन गर्नुभएके थियो । बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख तामाङले मेलम्ची नगरपालिकालाई समृद्ध बनाउन र यहाँका नागरिकहरुलाई सुखि बनाउने नगरपालिकाको योजना रहेको बताउनुभयो । उहाँले सिभिल इन्जिनियरिङ ल्यावका लागि नगरपालिकाले २० लाख बजेट बिनियोजन गरेको उल्लेख गर्दै यसले यस भेगका विद्यार्थीहरुलाई फाइदा पुग्ने बताउनुभयो । उहाँले शैक्षिक विकासका लागि नगरपालिकाले १३ वटै वडामा विभिन्न रचनात्मक काम गरिरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा उपप्रमुख उमा प्रधानले महिला शिक्षा, सचेतना लगायतका विषयमा विद्यालयले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले शैक्षिक संस्थाहरुमा सेनिटरप्याडको ब्यबस्था गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा नम्बर ११का वडा अध्यक्ष चन्द्र तामाङ, मेलम्ची नगरपालिकाका शिक्षा शाखा अधिकृत सुधिनराज बुढाथोकी, पूर्व प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख बालनर्सिङ राणा लगायत अन्य अतिथिहरुले आफ्नो भनाई राख्नुभएको थियो । विद्यालय ब्यबस्थापन समितिका जेष्ठ सदस्य इन्द्रमणी दाहालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवि श्रेष्ठले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थिया भने स्वागत मनतव्य विद्यार्थी कविता तामाङले राख्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सबको अवसरमा निवर्तमान प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठ, दीर्घसेवि शिक्षक गोपालबहादुर कार्की, श्यामसुन्दर मण्डल, कपिलकृष्ण श्रेष्ठ, सोहि विद्यालयमा कार्यरत भई हालै शिक्षक सेवा आयोगमा मावि विज्ञानमा र निमावि गणितमा सफलता हासिल गरी स्थायी सिफारिस हुनुभएका पुष्पराम सापकोटा र इन्द्रप्रसाद दुलाललाई सम्मान गरेको छ । विद्यालयलयमा लामो समय कार्यरत शिक्षकहरुलाई आगामी दिनको उज्वल भविष्यको कामना गर्दै सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक देवि श्रेष्ठले जानकारी दिनुभयो ।
