सम्पर्क

सुनकोशी चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि शारदा माविलाई

सुनकोशी गाउँपालिकाको आयोजनामा भएको चौथो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद उपाधी सेतिदेवी शारदा माध्यमिक विद्यालयले उचालेको छ ।
दुई दिने रनिङ शील्ड प्रतियोगितामा सेतिदेवि शारदा माध्यमिक विद्यालयले १२ स्वर्ण ल्याई राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो । प्रतियोगितामा महेन्द्रदोय माध्यमिक विद्यालय ६ स्वर्ण सहित द्वितिय र बाघभैरव माध्यमिक विद्यालयले ४ स्वर्णसहित तृतीय भएको थियो । पालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
विभिन्न विधामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयका प्रतियोगीलाई पालिका अध्यक्ष तिमिल्सिना, उपाध्यक्ष कान्छि लामा, प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलाल, वडाध्यक्षलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा पालिका भित्रका ११ वटा विद्यालयले सहभागिता जनाएका थिए ।