सम्पर्क

फोहोरमुक्त हुँदै बनदेउ

डम्पिङ साइटजस्तो बनेको बन्देउलाई खुल्ला दिसा पिसाब र फोहोर मुक्त गर्ने अभियानको सुरुवात गरिएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका .– ११ को वडा गाउँ सभाले गरेको २१ बँुदे कार्यक्रमबाट “बन्देउलाई खुल्ला दिसा पिसाब र फोहोर मुक्त गर्ने“ कार्य सुरुवात गर्ने निर्णय गरेको हो । सम्वृद्ध राष्ट्र निर्माणका लागि सरसफाई स्वास्थ्य र जीवनसँग जोडिएकोले सवै नागरीकको त्यसको व्यवस्थापनका लागि आफुले आवश्यक अध्ययन गरी काम सुरु गरेको वडाध्यक्ष रोशनराज गिरी बताउनुहुन्छ । वनदेउ मात्रै नभएर वडाका सवै क्षेत्रलाई फोहोर मुक्त बनाउने अभियान सञ्चालन गरिएको छ , हामी वडावासी विशिष्ट, शिक्षित र सचेतना नागरिक हौँ भन्ने परिचय दिन पनि फोहोरमुक्त वडा बनाउने अभियानमा सबैले हातेमालो गर्नुपर्ने वडाअध्यक्ष गिरी बताउनुहुन्छ ।