सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका – ५ सुनखानि स्थित भुमेश्वरी माध्यमिक विद्यालयले ६०औ बार्षिकोत्सव एवम २० औ अभिभावक सम्मेलन दिवस मनाएको छ । सुनकोशी गाउँपालिका अध्यक्ष ट्रपिन्द्र प्रसाद तिमिल्सिनाले कार्यक्रम उद्धघाटन गर्नुभएको थियो ।
बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले विद्यालयको भौतिक र शैक्षिक उपलब्धिको प्रशंसा गर्दै अझै राम्रो गर्दै जाने विश्वास व्यक्त गर्नुभयो । यसैगरी गाउँपालिका उपाध्यक्ष कान्छि लामाले गाउँपालिकाबाट विद्यालयलाई आगामी दिनमा आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । त्यसैगरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाल, वडा अध्यक्ष लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जालबहादुर लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अभिभावक, समाजसेवी, विभिन्न संघ संस्थाका प्रतिनिधि, पूर्व शिक्षक, कर्मचारी, छिमेकी विद्यालयका प्रधानाध्यापक, पत्रकारलगायतको उपस्थिति रहेको थियो । सोहि अवसरमा विद्यालयको उत्कृष्ट शिक्षकलाई सम्मान गर्नुका साथै विद्यार्थीहरुको विविध सांस्कृतिक कार्यक्रमले थप रौनकता थपेको थियो ।
