सम्पर्क

ब्रेकिङ न्युज २

विपद दस्तावेज निर्माणका बारेमा छलफल

ब्रेकिङ न्युज २, समाचार
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना तथा मेलम्ची नगरपालिकाको सहजीकरणमा स्थानीय बिपद प्रतिकार्य नमुना ढाँचा  LDRF) र कृत्रिम घटना अभ्यास सन्चालन प्रक्रिया सम्बन्धी नमुना दस्तावेज निर्माणको लागि छलफल कार्यक्रम भएको छ । आइतबार नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरप्रमुख आतमान तामाङले विपद जतिखेर पनी जस्तो अबस्थामा पनी आउँन सक्ने भएकाले यसको व्यवस्थापनका लागी तैयारी अबस्थामा रहन पर्ने भएकाले यो दस्तावेज निर्माणमा सबै प्रकारका उपायहरु समेटनिे बताउँनुभयो । त्यसैगरि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धितालले विपद व्यबस्थापनका लागी स्थानीय सरकारले खेल्न पर्ने भुमिकामा श्रोत र साधनले भ्याएसम्म कुनै पनी कमी हुन नदिने बताउँनु भयो । कार्यक्रममा डिपनेटका उपाध्यक्ष डा. राजु थापाले सहभागीहरुलाई बिपद के हो र कसरी हुन्छ यसको व्यवस्थापन तैयारि कसरी गर्न पर्छ भन्ने बारेमा जानक...

वैंकिङ कसूरका फरार अपराधी पक्राउ

ब्रेकिङ न्युज २, समाचार
बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका – १ बस्ने बस्ने ४१ वर्षीय बुद्धलाल लामालाई प्रहरीले जनाएको छ । जिल्लाबाट खटिएको टोलीले लामालाई काठमाण्डौँ बौद्ध स्थितबाट पक्राउ गरी शनिबार पक्राउ गरेको हो । प्रहरीका अनुसार उच्च अदालत पाटनको २८ मंसिर २०७७ को फैसलाले बैंकिङ कसुर मुद्दामा जरिवाना रु २९,१६,०००।– र १३ दिन कैद सजाय ठहर गरेको थियो । पक्राउ परेको लामालाई सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरिएकोमा कैद÷जरिवाना सजाँय असुलका लागि आईतबार जिल्ला कारागार चौतारा चलान गरेको प्रहरीले जनाएको छ ।...

राहत शिक्षक सिन्धुपाल्चोकको अधिवेशन सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजंग पाण्डे/चौतरा नेपाल राहत शिक्षक समिति सिन्धुपाल्चोकको छैठौं जिल्ला अधिवेशन शनिवार चौतरामा नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र प्रसाद सापकोटा अध्यक्ष ,दयाराम कुसारी सह अध्यक्ष ,उपाध्यक्षहरु गुण केशरी श्रेष्ठ , लाल बहादुर डांगी र कमल प्रसाद तिमल्सिना सचिबमा निमा प्रधान ,कोषाध्यक्ष कृष्ण कुमारी राउत तथा सदस्यहरुमा गोपिनी घतानी ,सोम बहादुर जोशी , लोक हरि न्यौपाने, राजु गुरुङ लगायत निर्वाचित भएका छन । केन्द्रिय अध्यक्ष खेमराज अधिकारी ,केन्द्रिय महासचिव कुमार बजगाइ,केन्द्रिय उपमहासचिव डम्बर राई,केन्द्रिय सदस्य पृथ्वीजंग पाण्डे तथा बागमती प्रदेश अध्यक्ष बासु अधिकारीको उपस्थिति रहेको थियो । त्यस्तै जिल्लाको एकीकृत शिक्षक संगठनबाट लालबहादुर श्रेष्ठको उपस्थिति रहेको थियो भने नेपाल शिक्षक महासंघ बाट सहअध्यक्ष श्यामकुमार सापकोटाको उपस्थिति रहेको थियो।कृष्ण रत्न ...

सभामुख घिमिरेको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति

ब्रेकिङ न्युज २, समाचार
नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुक्रबार दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । महासंघका महासचिव रोशन पुरीले शनिबार एक विज्ञप्ती जारी गर्दै संसदको मुल नेतृत्वबाटै यस्तो अभिव्यक्ति आउनु दुःखद भएको बताउनुभएको छ । ’सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ’नेपालको राजनीतिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा अनवरत संघर्ष गर्दै आएको नेपाली सञ्चार क्षेत्र क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला समग्र प्रेस जगतलाई लान्छित गर्ने अभिव्यक्ति आउँनुले यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्नेतर्फ महासंघ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ ।’ संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्...

रास्वपाको चौतारा नगर सभापतिमा श्रेष्ठ

ब्रेकिङ न्युज २, राजनिती, समाचार
चौतारा साँगाचोकगढी नगरपालिकामा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको भेलाले सभापतिमा वडा नं ५ का रविन श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्ष, सचिब र कोषध्यक्षमा क्रमश उत्तम ठकुरी, कृष्णबहादुर गिरी र शान्ती थिङ चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा राजकुमार थापा, हरिबहादुर थापा, आशिष गुरुङ,कृष्ण गिरी, देवि दुलाल र सीता गिरी चयन हुनुभयो । सदरमुकाम चौतारामा आयोजित रास्वपाको नगर भेलालाई सम्बोधन गदै केन्द्रीय सदस्य रास्वपाको रमेश प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी फ्रस्टेशनको बीचबाट फक्रेको पार्टी नभएको र रास्वपासँग देश परिवर्तन गर्ने अनेक नीति, सिद्धांत र भिजन भएकै कारण जनताको माझ छोटो समयमा नै स्थापित भएको दावी गर्नु भएको छ । कार्यक्रममा साँसद ढाकाकुमार श्रेष्ठ, केन्द्रीय संगठन विभाग सचिब शंकर श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष डा अच्युतम लामिछाने, बागमती प्रदेश प्रवक्ता प्रशान्त अर्य...

रायायनिक मलमा भएको मुल्य बुद्धीको बिरोध

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
रासायनिक मलमा किसानलाई सरकारले दिदै आएको अनुदान रकम कटौती गरी प्रतिकिलो यूरियामा ११ रुपैयाँ, डिएपीमा ७ रुपैया र पोटासमा ९ रुपैया वृद्धि गर्ने निर्णय गरेकोमाराष्टीय कृषक महासंघले बरिोध गरेको छ । महासंघको अध्यक्ष नवराव बस्नेतले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बिज्ञेप्ती समेत प्काशन गरेको छ। उत्पादनको समर्थन मुल्य प्राप्तिमा बंचितीकरण, मुल्य श्रृखलाका हरेक चरणका समस्याका बाबजुद नेपाली कृषि संस्कृतिलाई धान्दै आएका किसानलाई उत्पादनमा प्रोत्साहित गरिनुुको साटो सरकारबाट हुने यस्ता गतिविधिले उत्पादन लागत बढेर जाँदा किसानहरुमा पेशागत नैराश्यता आइ पेशा पलायनता बढदै जाने तिब्र सम्भावना रहेकाले किसानको उत्पादन लागत बढाउने गरि मल अनुदानमा दिईदै आएको अनुदान कटौतिले किसानलाई आर्थिक बोझ हुने पक्का छ । यसर्थ यस निर्णय अविलम्ब फिर्ता गर्न राष्ट्रिय कृषक समूह महासंघ नेपाल सरकारसंग जोडदार माग गर्दछौ बिज...

नेपाल विश्वकप छनोटमा प्रवेश

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स ९युएई० लाई पराजित गर्दै जिम्बावेमा आयोजना हुने विश्वकप छनोटको यात्रा तय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले डकवर्थ लेविस पद्धतिका आधारमा युएईलाई नौ रनले हराउँदै आगमी जुन–जुलाइमा जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटको यात्रा तय गरेको हो । यो जितसँगै नेपाल ४० अङ्कका साथ लिग–२ को तेस्रो स्थानमा उक्लियो र जिम्बावेको यात्रा तय गर्न सफल भयो । युएईले दिएको तीन सय ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपालले खराब प्रकाशको कारण खेल रोकिँदा डकवर्थ लेविस पद्धतिका आधारमा जित हासिल गरेको हो । खेल रोकिनुअघि नेपालले ४४ ओभरमा छ विकेट गुमाएर दुई सय ६९ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की र गुलशन झाले अर्धशतकीय इनिङ खेले । ...

घरेलुले मनायो विश्व उपभोक्ता अधिकार दिवश

ब्रेकिङ न्युज २, समाचार
‘स्वच्छ उर्जा ट्रान्जिसनहरु मार्फत उपभोक्ताहरुलाई सक्षम बनाउँदै’ भन्ने मूल नाराका साथ जिल्ला घरेलु तथा साना उद्योग कार्यालय, सिन्धुपाल्चोकले विश्व उपभोक्ता अधिकार दिवश मनाएको छ । सदरमुकाम चौतारामा बुधवार एक कार्यक्रमको आयोजना गरि विश्व उपभोक्ता अधिकार दिवश मनाएको हो । कर्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले दिर्घकालिन बिकास योजनासंग जोडेर उपभोक्ता अधिकार र स्वच्छ उर्जा ट्रान्जिसन मार्फत सशक्त बनाउदै लैजाने कदमप्रति सवैको ध्यान जान जरुरी रहेको बताउनुभयो । कार्यक्रममा सुरक्षा निकाय, बन डिभिजन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल उपभोक्ता मञ्चको प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख विश्वनाथ काफ्लेले जानकारी दिनुभयो । सन् १९ सय ६२ मार्च १५ का दिन तत्कालिन अमेरीकी राष्ट्रपति जोन एफ केने...

सुनकोसीका सबै सडक स्तरोन्नति हुँदै

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाभित्रका सबै कच्ची सडक स्तरोन्नति गर्न थालिएको छ । वडा नं १ देखि ७ सम्मका सबै कच्ची सडक मापदण्डअनुसार छ मिटर चौडासहित स्तरोन्नति गर्न थालिएको हो । उक्त सडकखण्डमा बाह्र महिनानै यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम गर्न थालिएको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार सडक स्तरोन्नति लागि पालिकाले एक्साभेटर अपरेटर नियुक्त गर्नाका साथै इन्धनको प्रबन्ध गरी काम अगाडि बढाएको छ । सडकका साथै नाला र आसपासका अन्य भौतिक संरचना पनि निर्माण भइरहेका छन् । पालिकाभित्रका सडकको वर्गीकरण गरेर सङ्घ, प्रदेश र स्थानीय सरकारले स्तरोन्नति गर्ने अध्यक्ष तिमल्सिनाले बताउनुभयो । आगामी पाँच वर्षभित्र पालिकाभित्रका सबै सडक स्तरोन्नति गरिसक्ने उहाँको भनाइ छ । “सडक चौडा, नाला निर्माणलगायत काममा के–कति खर्च लाग्छ,सबै जनताका अघि पारदर्शी रूप...

जुगल बोर्डिङले मनायो ३३औं वार्षिकोत्सव

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक चौतारा साँगचोकगढी नगरपालिका–५ चौतारा स्थित जुगल बोर्डिङ हाइस्कुलले ३३औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि सिन्धुपाल्चोक प्रतिनिधि सभा १ बाट प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले विद्यालयको भौतिक र शैक्षिक उपलब्धिको प्रशंसा गर्दै अझै राम्रो गर्दै जानै विश्वास व्यक्त गर्नुभयो । वार्षिकोत्सवकै अवसरमा बोर्डिङले जुगल शिक्षा सम्मानबाट पुर्ण गौतम र जुगल साहित्य सम्मानबाट चन्द्रप्रसाद न्यौपानेलाई सम्मान गरेको छ । गौतम हेलम्बु गाँउपालिकास्थित मेलम्चीघ्याङ माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । चन्द्रयुग महाकाव्यका रचयिता न्यौपानेका ३ दर्जन बढि साहित्यिक कृति प्रकाशित छन् । न्यौपानेका सिर्जना विद्यालयका पाठ्यक्रममा समेत समावेश रहेका छन् । यसैगरी विद्यालयका प्रधानाध्यापक ओमप्रकाश ...