सम्पर्क

रास्वपाको चौतारा नगर सभापतिमा श्रेष्ठ

चौतारा साँगाचोकगढी नगरपालिकामा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको भेलाले सभापतिमा वडा नं ५ का रविन श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्ष, सचिब र कोषध्यक्षमा क्रमश उत्तम ठकुरी, कृष्णबहादुर गिरी र शान्ती थिङ चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा राजकुमार थापा, हरिबहादुर थापा, आशिष गुरुङ,कृष्ण गिरी, देवि दुलाल र सीता गिरी चयन हुनुभयो । सदरमुकाम चौतारामा आयोजित रास्वपाको नगर भेलालाई सम्बोधन गदै केन्द्रीय सदस्य रास्वपाको रमेश प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी फ्रस्टेशनको बीचबाट फक्रेको पार्टी नभएको र रास्वपासँग देश परिवर्तन गर्ने अनेक नीति, सिद्धांत र भिजन भएकै कारण जनताको माझ छोटो समयमा नै स्थापित भएको दावी गर्नु भएको छ ।
कार्यक्रममा साँसद ढाकाकुमार श्रेष्ठ, केन्द्रीय संगठन विभाग सचिब शंकर श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष डा अच्युतम लामिछाने, बागमती प्रदेश प्रवक्ता प्रशान्त अर्याल, कृष्णमान श्रेष्ठ, लगायत वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।