बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका – १ बस्ने बस्ने ४१ वर्षीय बुद्धलाल लामालाई प्रहरीले जनाएको छ । जिल्लाबाट खटिएको टोलीले लामालाई काठमाण्डौँ बौद्ध स्थितबाट पक्राउ गरी शनिबार पक्राउ गरेको हो । प्रहरीका अनुसार उच्च अदालत पाटनको २८ मंसिर २०७७ को फैसलाले बैंकिङ कसुर मुद्दामा जरिवाना रु २९,१६,०००।– र १३ दिन कैद सजाय ठहर गरेको थियो । पक्राउ परेको लामालाई सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरिएकोमा कैद÷जरिवाना सजाँय असुलका लागि आईतबार जिल्ला कारागार चौतारा चलान गरेको प्रहरीले जनाएको छ ।
