सम्पर्क

राहत शिक्षक सिन्धुपाल्चोकको अधिवेशन सम्पन्न

पृथ्वीजंग पाण्डे/चौतरा
नेपाल राहत शिक्षक समिति सिन्धुपाल्चोकको छैठौं जिल्ला अधिवेशन शनिवार चौतरामा नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र प्रसाद सापकोटा अध्यक्ष ,दयाराम कुसारी सह अध्यक्ष ,उपाध्यक्षहरु गुण केशरी श्रेष्ठ , लाल बहादुर डांगी र कमल प्रसाद तिमल्सिना सचिबमा निमा प्रधान ,कोषाध्यक्ष कृष्ण कुमारी राउत तथा सदस्यहरुमा गोपिनी घतानी ,सोम बहादुर जोशी , लोक हरि न्यौपाने, राजु गुरुङ लगायत निर्वाचित भएका छन । केन्द्रिय अध्यक्ष खेमराज अधिकारी ,केन्द्रिय महासचिव कुमार बजगाइ,केन्द्रिय उपमहासचिव डम्बर राई,केन्द्रिय सदस्य पृथ्वीजंग पाण्डे तथा बागमती प्रदेश अध्यक्ष बासु अधिकारीको उपस्थिति रहेको थियो । त्यस्तै जिल्लाको एकीकृत शिक्षक संगठनबाट लालबहादुर श्रेष्ठको उपस्थिति रहेको थियो भने नेपाल शिक्षक महासंघ बाट सहअध्यक्ष श्यामकुमार सापकोटाको उपस्थिति रहेको थियो।कृष्ण रत्न गङ्गा माबी चौतरामा भएको अधिवेशन बाट प्रदेश प्रतिनिधिहरुमा बमबहादुर तामाङ ,राधादेवी न्यौपाने ,लेखबहादुर तामाङ ,पुस्कल ढकाल ,टिकाबहादुर थापा,बिन्दा पौडेल मोहम्मद इजराहुल राइन,मोहन थापामगर,सुस्मिता भण्डारी ,केवल कक्षपती,शान्ति गिरी,खुमानन्द शर्मा,बिनोद कौडिन्य , मानबहादुर सितमल,सरस्वती पौडेल ,निलप्रसाद नेपाल ,चेतनाथ पराजुली छनौट गरिएको छ । त्यसैगरी केन्द्रिय प्रतिनिधिहरुमा नर बहादुर श्रेष्ठ ,खगेन्द्र हमाल,भक्त लामा,लक्ष्मी पौडेल ,भिमप्रसाद पौडेल ,बालकृष्ण दङ्गाल,राम केसि ,चन्द्र सिंह घले,उद्दबप्रसाद लामिछाने लगायत चयन गरेको छ । कार्यक्रम मोहनप्रसाद सापकोटाको अध्यक्षता र सचिव राजेन्द्र सापकोटाले संचालन गर्नुभएको थियो।हालदेशभर चालीस हजार राहत शिक्षक कार्यरत छन भने सिन्धुपाल्चोकमा ९ सय ३९ जना राहत शिक्षक कार्यरत रहेका छन ।