संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना तथा मेलम्ची नगरपालिकाको सहजीकरणमा स्थानीय बिपद प्रतिकार्य नमुना ढाँचा LDRF) र कृत्रिम घटना अभ्यास सन्चालन प्रक्रिया सम्बन्धी नमुना दस्तावेज निर्माणको लागि छलफल कार्यक्रम भएको छ ।
आइतबार नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरप्रमुख आतमान तामाङले विपद जतिखेर पनी जस्तो अबस्थामा पनी आउँन सक्ने भएकाले यसको व्यवस्थापनका लागी तैयारी अबस्थामा रहन पर्ने भएकाले यो दस्तावेज निर्माणमा सबै प्रकारका उपायहरु समेटनिे बताउँनुभयो । त्यसैगरि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धितालले विपद व्यबस्थापनका लागी स्थानीय सरकारले खेल्न पर्ने भुमिकामा श्रोत र साधनले भ्याएसम्म कुनै पनी कमी हुन नदिने बताउँनु भयो ।
कार्यक्रममा डिपनेटका उपाध्यक्ष डा. राजु थापाले सहभागीहरुलाई बिपद के हो र कसरी हुन्छ यसको व्यवस्थापन तैयारि कसरी गर्न पर्छ भन्ने बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा उहाँले बिकासको क्रममा हुने बेवास्ता गर्नुको कारण बिपद आउँन सक्ने बताउदै, सडक निर्माण गर्दा, बिद्युतिय पोल राख्दा तार अलि हाईटमा राख्नु लगायतका बारेमा जानकारि दिनुभयो । नेपाल रेडक्रस सोसाईटिका केन्द्रिय सदस्य सन्तोष न्यौपानेले स्थानिय बिपदको बेलामा कसरी बिपद व्यवस्थापन गर्ने भन्ने बिषयमा काम गर्ने बताउँनु भयो । उहाले बिपद आई परेको ३० दिन सम्म गरिने कार्यक्रमको बारेमा जनकारी गराउँनु भयो ।
बिपदको समयमा जिल्ला स्थित सुरक्षा निकाय स्थानिय सुरक्षा मौसम बिपदसँग सम्मन्वय गरेर काम गर्नपर्ने बताउँनु भयो । कार्यक्रममा डिपिनेटका अध्यक्ष सुर्य थापा, ,सान्तोना देवकोटा,प्रबिण आचार्य, लगायतले कार्यक्रममा भुकम्प,बाढि पहिरो तथा बिपद कसरी हुन्छ कसरी ब्यवस्थापन गर्ने भन्ने बिषयमा केन्द्रित रहेर प्रस्तुती गर्नु भएको थियो ।
कार्यक्रममा पालिकाका पदाधिकारिहरु, र सुरक्षा निकायहरुको उपिस्थति
रहेको थियो ।
