स्ववियु निर्वाचन सिन्धुपाल्चोक जिल्लाको स्ववियु निर्वाचनमा अधिकांश क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीबीचको गठबन्धनले जित हासिल गरेको छ । यो समाचार तैयार पार्दासम्म बाह्र्रबिसे नगरपालिकाको अरनिको कलेजमा नेपाल बिद्यार्थी सघंले जित हासिल गरेको छ । हामीलाई प्राप्त समाचार अनुसार चौतारा बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका अमृत श्रेष्ठ, ककलिङ क्याम्पस ठूलोपाखर अखिल क्रान्तिकारीका लक्ष्मण घिसिङ, सुनकोसी क्याम्पस लामोसाँघुमा अनेरास्ववियुका हीरा थामी सर्वसम्मत हुनु भएको छ भने ठोकर्पा सामुदायिक क्याम्पसमा नेविसंघका सरस्वती जिसी, सिन्धु भ्याली क्याम्पस भोटेचौरमा नेविसंघका सुरज चौँलागाई, सर्वसम्मत हुनु भएको छ । यसैगरी आईतबार भएको निर्वाचनमा अरनिको कलेज बाह्रबिसेमा नेविसंघका सन्दिप बस्नेत, मेलम्ची भ्याली क्याम्पस ग्याल्थुममा अनेरास्ववियुको पवनकुमार लामिछाने जुगल बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका सुदर्शन अर्यालको प्यानल नै निर्बाचित हुनु भएको छ । अर्यालले ८८ मत ल्याउँदा संयुक्त प्यानलका उम्मेदवार नविन गिरीले ६३ मत प्राप्त गर्नू भएको थियो । सचिवमा अखिल क्रान्तिकारीका मन्जु नेपालले ९३ मत ल्याउँदा उहाँका प्रतिश्पर्धी अस्मिता बोहाराले ५६ मत मात्र ल्याउँनु भएको थियो । त्यस्तै अखिल क्रान्तिकारीका कोषाध्यक्ष मनिला तामाङले ८२ मत ल्याउँदा संयुक्त प्यानलका रवि श्रेष्ठले ६३ मत ल्याएर पराजित हुनु भएको थियो । यसैगरी अखिल क्रान्तिकारीबाट सदस्यहरुमा सुस्मिता तामाङ, अनिश गिरी र कुसुम तामाङ निर्वाचन हुनु भएको छ । त्यसैगरी ब्रम्हायणी करिडोरस्थित जलविरे भ्यालि क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ । अखिल क्रान्तिकारीबाट सभापतिका उम्मेदवार अच्यूत अधिकारी नेतृत्वको प्यानल नै विजयी भएको हो । अखिल क्रान्तिकारीबाट सचिवमा विक्रम भट्टराई, कोषाध्यक्षमा दिपा सापकोटा र सदस्यमा रिता बि.क., कृष्ण कुमारी गोतामे र अस्मिता श्रेष्ठ बिजयी भएका छन् । समानुपातिकबाट सम्झना नेपाल, सावित्री खड्का, प्रमिला श्रेष्ठ, अशोक ढुंगाना र रेवती पौडेल विजयी भएका छन् । अखिल क्रान्तिकारीको प्यानलले ७९ मत ल्याएर जित निकालेको हो । नेविसंघका उम्मेदवारले ४९ र अनेरास्ववियुका उम्मेदवारले ४६ मत ल्याएका छन् । त्यस्तै इन्द्रावती बहुमुखी क्याम्पस मेलम्चीमा किसन दुलाल अनेरास्ववियु , नेविसंघ सरोज बस्नेत दुबैले १०८ बराबर मत ल्याएका थिए । दुबैजनाको बराबर मत पश्चात गोलाप्रथाबाट अनेरास्ववियुका किसन दुलाल निर्वाचित हुनुभएको छ । साथै अभयानन्द क्याम्पस ऐँसेलुखर्क– ,पाँचपोखरी क्याम्पस सिपापोखरे– विद्यार्थी कम भएर चुनावी प्रक्रिया हुन सकेन् ।