सम्पर्क

जुरे पहिरो पीडितको नाममा उठेको रकम नगदै वितरणको प्रबन्ध मिलाउन सांसद सापकोटाको माग

सिन्धुपाल्चोक क्षेत्र नं. १ का संघिय सांसद माधव सापकोटा सुबोधले जुरे पहिरो पीडितको नाममा जनस्तरबाट उठेको रकम फुकुवा गरी पिडीतहरुलाई नगद नै वितरणको प्रबन्ध मिलाउन माग गर्नु भएको छ ।
२०७१ साउन १७ गतेको जुरे पहिरोमा परी १ सय ४५ जनाको मृत्यु भएको थियो । घर, विद्युत गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्म समेत १५३ घर पूर्णरूपमा क्षति भयो । सबथोक गुमाएर बाँचेकाहरुको पीडामा मलम लगाउन जनस्तरबाट गाँस काटेर उठेको २ करोड २४ लाख ६६ हजार रकम विधि बनाएर वितरण गर्न भनेर बैंकमा जम्मा गरिएको उक्त रकम बितरण गर्न माग गर्नु भएको हो ।
केन्द्रीय दैवी प्रकोप उद्धार समितिले कार्यविधि बनाएर खर्च गर्न भनेर २०७१ साउन २५ गते निर्णय गर्यो ।
कार्यविधिको ढिलाइले खर्च भएन । २०७२ बैशाख १२ को भूकम्पले थप पीडा दियो । २०७३ बैशाख २७ गते केन्द्रीय दैबी प्रकोप उद्धार समितिले अन्यायपूर्ण निर्णय गर्दै भूकम्प प्रभावित सरह मात्रै राहत दिने निर्णय गर्यो । दोहोरो राहतका नाममा पहिरो पीडितलाई अन्याय भयो ।
२०७५ कार्तिक २९ गतेको मन्त्रिपरिषद्ले भूकम्प पीडितले पाएको राहत रकम र पहिरो पीडितलाई उपलब्ध गराउने रकम समान हुने गरी राहत वितरण गर्ने निर्णय गर्यो । पीडितका आवाज बोकेर हामी लागिरहँदा २०७९ असार ३१ गतेको मन्त्रिपरिषद्को बैठकले जुरे पहिरो पीडित समुदायका लागि जनस्तरबाट संकलित रकम जुरे पहिरो पीडित समुदायले छनौट गरेको सामुदायिक विकास र पूर्वाधारको आयोजनामा लगानी गर्ने गरी फुकुवा गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।
२०७९ फागुन ३० गते चौतारामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट जुरे पहिरो पीडित कोषमा जम्मा भएको रकम मापदण्डका आधारमा प्रभावितहरुलाई नै उपलब्ध गराउन राय सहित गृहमन्त्रालयलाई अनुरोध गर्ने
निर्णय भएको भएको थियो । यस सम्बन्धमा ५ गते को संसद बैठकमा सांसद माधव सापकोटा यो विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराउँनु भएको हो ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद सापकोटाले २०७१ साउन १७ गते जुरेमा गएको भीषण पहिरो पीडितको नाममा जनस्तरबाट उठेको २ करोड ४४ लाख ६४ हजार ६ सय ५७ रुपैंया फुकुवा गरी नगद नै वितरणको प्रबन्ध गर्न पीडितहरुको नाममा उठेको रकम हालसम्म पनि वितरण नहुनु विडम्बना भएको भन्दै सांसद सापकोटाले यस सम्बन्धमा
सरकारको ध्यानाकर्षण गराउँनु भएको समाचार प्राप्त भएको छ ।