ईन्द्रावती गाँउपालिकाले इलाका प्रहरी कार्यालय नवलपुरलाई दुईवटा मोटरसाइकल सहयोग गरेको छ । गाउँपालिका क्षेत्रभित्र शान्ति सुरक्षा कायम राख्न सहयोग पुगोस् भन्ने उद्देश्यले मोटरसाइकल सहयोग गरिएको गाउँपालिका अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो । अध्यक्ष नेपालले इलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक इन्द्रजीत इटनीलार्ई बुधबार मोटरसाइकलको साँचो हस्तान्तरण गर्नुभएको छ । गाउँपालिकाले १५० सिसिको दुईवटा पल्सर मोटरसाइकल र सोको ब्लुबुक, प्रहरीलाई हस्तान्तरण गरेको हो । ‘सवारीसाधनको उपलब्धताले समाजमा अपराधका घटना नियन्त्रणमा सहयोग पुग्छ, इलाका प्रहरी नवलपुरका प्रमुख प्रहरी निरीक्षक इन्द्रजीत इटनीले भन्नुभयो ‘शान्ति सुरक्षाका लागि समुदायसँग सहकार्य गर्न हामी तयार छौँ ।’
