सम्पर्क

ब्रेकिङ न्युज २

स्वास्थ्य मन्त्री बस्नेतको कर्मचारीहरुलाई निर्देशन, ३ करोड जनताको जिउ ज्यान हेरेर काम गर्नुस्

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले ३ करोड जनताको जिउ ज्यानलाई ध्यानमा राखेर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आईतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मातहतका ५ वटै महासाखाका कर्मचारीलाई निर्देशन मन्त्री बस्नेतले अरु मन्त्रालयको तुलनामा स्वास्थ्य मन्त्रालयको काम संवेदनशील भएकाले जनताको जिउ ज्यानलाई ध्यानमा राखेर नीति योजना बनाउन पर्नेमा जोड दिनुभएको छ । स्वास्थ्य मन्त्रालय अहिले आगामी बर्षको बजेटमा जुटेकोले विपन्न जनताले स्वास्थ्य सेवा पाउने ग्यारंटी गर्ने किसिमले बजेटको विनियोजन गर्न मन्त्री बस्नेतले कर्मचारीहरुलाई निर्देशन दिनुभयो । कर्मचारीले सफलताका साथ जिम्मेवारी बहन गरे मात्र जनताले सहज उपचार सेवा पाउने र त्यसकै आधारमा मन्त्री पनि सफल हूने बस्नेतले बताउनुभयो । मन्त्रालयका समस्या समाधानका लागि आफूले कर्मचारीहरुलाई आवश्यक पर्ने समय दिन तयार रहेको ब...

कानुनी सचेतना अभिमुखिकरण कार्यक्रम

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका–१३ सेतिदेवी मा.वि र कुन्डलादेवी मा.वि का विद्यार्थी, शिक्षक, जनप्रतिनिधिविच कानुनी सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आदिवासी जनजाति महिला उत्थान केन्द्रको आयोजनमा भएको हो । कार्यक्रमा नेपाल वार एशोसिएसनका अध्यक्ष भुपेन्द्र तामाङ थिङले नेपालको संविधानमा वालवालिकाको मौलिक हक बालबालिका सम्वन्धी ऐन २०७५ मा बालबालिका सम्वन्धी कानुनी व्यवस्था वारे र बालवालिका प्रतिको दायित्व विषयमा प्रस्तुती गर्नु भएको थियो । यस्तै जिल्ला प्रहरी कार्यालयको प्रहरी निरिक्षक संजिव यादवले विद्युतिय अपराध र प्रहरीले समुदाय प्रतिको भुमिका वारे स्पष्ट पार्नु भएको थियो । उक्त कार्यक्रम आदिवासी जनजाति महिला उत्थान केन्द्रको अध्यक्ष पानमाया तामाङको सभापतित्वमा रहेको थियो ।...

सांसदद्वयद्धारा सडक अनुगमन

ब्रेकिङ न्युज २, समाचार
निर्मल बस्नेत /ठोकर्पा प्रतिनिधि सभा सदस्य माधब सापकोटा र बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले सुकुटे मिलडाँडा, ठोकर्पा सडकको अनुगमन गर्नुभएको छ । सुकुटे, मिलडाँडा, ठोकर्पा सुनकोशी गाउँपालिकाको वडा नम्बर १ र २ ठोकर्पालाई समेटेको छ । यस सडक हुदै लिसंखुपाखर गाउँपालिकाको लिसंखु र ठुलोधादिङ जोडिएको छ । प्रादेशिक सडक डिभिजन, सिन्धुलीबाट गौरी पार्वती कन्स्ट्रक्सन प्रा.लिले ठेक्का पारी २०७४ सालबाट सुरु भएको निर्माण कार्यको म्याद सकिएर प्राबिधिक स्टमेट अनुरुप र ठेक्का लाग्दा बखतको काम पुरा नभएपछि सांसद सापकोटाकै पहलमा भेरियसन अर्डर गरेपछि पुन काम सुचारू भएको हो । उहाँले आउने असाढ १ गतेभित्र निर्माण कार्य सक्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । सांसदको निर्देशनपछि व्यवसायी श्याम अर्यालले समयमा नै काम सक्ने प्रतिबद्धता जनाउनुभएको छ । सांसद सापकोटाले अघिल्लो बर्षको पौष ४ गते स्थलगत...

धुस्कोट कर्मडुग्युलिङ गुम्बामा २५६७ बुद्ध जयन्ती मनाईदै

ब्रेकिङ न्युज २, समाचार
शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म जयन्ती सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको – ३ धुस्कोट स्थित कर्मडुप्ग्युलिङ गुम्बामा भव्य रुपमा मनाईने भएको छ । हरेक बर्ष बैशाख पूर्णिमाका दिन मनाईदै आएको बुद्ध जयन्ती यसबर्ष पनि भव्य रुपमा मनाउने तयारी गरिएको आयोजक गुम्बा समितिले जनाएको छ । कर्मडुप्ग्युलिङ गुम्बामा केही वर्षदेखि करिब ४० जना स्थानीयहरु सहितको माने समुह पनि स्थापन भैसकेको छ । साथै दर्जन जति लामा पढ्ने बुद्ध अनुयायीहरु पनि यस गुम्बामा शिक्षा लिँदै आएका छन् । आयोजक गुम्बा समितिले सबैमा यस भव्य अवसरमा बुद्धको दर्शन अनि मोलम पाठ गर्न सबैमा उपस्थितिका लागि निमन्त्रणा गरीएको छ । गुम्ब व्यवस्थापन समितिका सदस्यहरु उक्त कार्यक्रमका लागि हप्तौं देखि तयारीमा जुट्दै आएका छन् र विशेषगरी लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विगत वर्षमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने गर्दछन् ।...

ट्र्याक्टर छाडेर बारी जोत्न गोरुकै प्रयोग

ब्रेकिङ न्युज २, समाचार
परम्परागत कृषि कर्ममा अभिन्न अङ्ग मानिएको हलो र गोरुलाई हिजोआज ट्र्याक्टरले विस्थापित गर्न थालेको छ । किसानले विस्तारै गोरु पाल्न छोडेको देखिन्छ । तर, सिन्धुपाल्चोकका किसान भने ट्र्याक्टरको प्रयोग छाडेर गोरुकै प्रयोग गर्र्न थालेका छन् । भौगोलिक विकटताका कारण सबै ठाउँमा ट्र्याक्टर लैजान झन्झटिलो हुने भएपछि आफ्ना खेतबारी जोत्नका लागि सिन्धुपाल्चोकका किसानले गोरुकै प्रयोग गर्न थालेका हुन् । गोरुप्रति किसानको आकर्षण बढ्न थालेसँगै स्थानीय सरकारले पनि ट्र्याक्टरको साटो गोरु नै अनुदानमा दिन थालेका छन् । बाह्रबिसे नगरपालिकाकका नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार सात सयजना किसनालाई गोरु अनुदान दिइएको छ । अनुदानसँगै गोरुको बीमा गरिएको नगर प्रमख बस्नेतले जानकारी बताउनुभयो । उहाँले एउटा किसान बराबर रु १० हजारको दरले सात लाख अनुदानस्वरुप दिइसकेको बताउनुभयो । भौगोलिक अवस्थाका कारण सबै ठाउँमा ट्...

सन्दर्भ विश्व प्रेस स्वतन्त्रता दिवस : मिडियाको समृद्धिका लागि सार्थक बहसको अपिल

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ, २० वैशाख (रासस) : विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै गर्दा नेपाली प्रेस अझै पनि असुरक्षाको सामना गर्दै अघि बढिरहेको तथ्य हामीमाझ छ । प्रेसमाथिको निरन्तर आक्रमणलाई संसारभर नै रोक्न भने सकिएको देखिँदैन । नेपाल पनि अपवाद छैन । स्वतन्त्रताको प्रचुररूपमा उपयोग गर्ने, गर्नका लागि सबैलाई प्रोत्साहित गर्ने र स्वतन्त्रताको सधँै पैरवी गर्ने दायित्व बोकेको सञ्चार क्षेत्रले जस्तोसुकै परिस्थितिमा पनि आफूलाई त्यो दायित्व बहन गर्नबाट च्युत भने गरेको छैन । यो विशेषता नेपाली प्रेसले पनि निर्वाह गर्दै आएको छ । शाहीकाल, भूकम्पको काहालीलाग्दो अवस्था, कोरोनाकालजस्ता अत्यन्त असहज र असुरक्षित अवस्थामा पनि आफ्नो दायित्व निर्वाह गरेर नेपाली पत्रकारिता क्षेत्रले आफूलाई प्रस्तुत गर्दै आएको हो । नेपाल पत्रकार महासङ्घको अभिलेखअनुसार सन् २०२२ को मे ३ देखि २०२३ अप्रिल २६ सम्म प्रेस स्वतन्त्रता हनन्का ५५ वट...

सार्वजनिक पदधारण गरेका व्यक्तिका सन्तानलाई सामुदायिक विद्यालय पढाउनुपर्ने

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, शिक्षक, कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउनुपर्र्नेे निर्णय गरेको छ । सामुदायिक विद्यालयहरुमा विद्यार्थी घटिरहेको बेला विद्यालयहरुलाई थप व्यवस्थित बनाउन र शैक्षिक गुणस्तरलाई माथि लैजाने उद्देश्यले सार्वजनिक पद धारण गरेका सबैले सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको हो । सामुदायिक विद्यालयको स्तरलाई सुधार गर्न जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सार्वजनिक पदधारण गरेका व्यक्तिको भूमिका महत्वपूर्ण हुने भएकोले यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष राजु लामाले जानकारी दिनुभयो । जनप्रतिनिधि, शिक्षक कर्मचारीहरुले आफ्ना सन्तानहरुलाई निजी विद्यालयमा पढाइरहेको सर्वत्र आलोचना भएपछि गाउँपालिकाले निर्णय गराएर नै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सन्तान सामुदायिक विद्यालयमा नै पढाउनु प...

सिलाई कटाई तालिम उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका–९ कदमबासमा दुई महिने सिलाई कटाई सिप विकास तालिम उद्घाटन भएको छ । तालिमको नगरपालिका उपप्रमुख सिता थापाले एक समारोहका बीच उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा उपप्रमुख थापाले तालिममा सिकेको सीपलाई व्यवहार उतार्नुपर्ने बताउनुभयो । सिपलाई सिर्जनामा बदली आर्थीक स्तर उकास्न सुझाब दिदै उहाँले तामिलको शुभकामना समेत दिनुभएको थियो । साथै ‘तालिबाट लिएको ज्ञानको सदुपयोग गर्दै व्यासायी बन्नु पर्नेमा जोड दिएका छन् ।...

टोप्काभीरमा ‘फ्ल्याग स्टोन’ बाटो

ब्रेकिङ न्युज २, समाचार
बलेफी गाउँपालिका –८ बसेरीदेखि टोप्कासम्मको उच्च जोखिमयुक्त भीरमा स्टिल रेलिङसहित फ्ल्याग स्टोन बाटो निर्माण गरिएको छ । बाँदर लड्ने भीरमा स्टिल बाटो बनेपछि स्थानीयहरु हर्षित भएका छन् । बागमती प्रदेश सरकारको २५ लाख आर्थिक सहयोग र २० प्रतिशत स्थानीय जनश्रमदानमा साढे चार किलोमिटर गोरेटो बाटो निर्माण भएको छ । नेपाली काँगे्रसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत, काँगे्रसका तर्फबाट बलेफी गाउँपालिकाका अध्यक्षका प्रत्यासी सुवास तिमल्सिनाको बिशेष पहलमा प्रदेश सरकारबाट बजेट प्राप्त भएको थियो । टोप्का भीर रेलिङ निर्माण उपभोक्ता समितिद्वारा निर्मित सो बाटोमा प्रदेश सरकार अन्तर्गत (बलेफी गाउँपालिकाबाट) २४ लाख २५ हजार, जनश्रमदानबाट ४ लाख ९२ हजार ६२१ रुपियाँ ८० पैसागरी कूल २९ लाख १७ हजार ६२१ रुपियाँ ८० पैसा लागत रहेको छ । २०७९ पुस १३ बाट बाटो निर्माण शुरु भई २०८० बैशाख ३० गते सम्पन्न हुने अबधि रहेक...

मखमल र परालको जुत्ता बुन्ने तालिम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
मेलम्चीमा मखमल र परालको जुत्ता बुन्ने तालिम मेलम्चीमा सोमबार सम्पन्न भएको छ । सिप सिकौं रोजगार बनौं भन्ने नाराका साथ सुरु भएको तालिम मेलम्ची नगरपालिकाको आयोजनामा सुरुभएको एकल महिलाहरूलाई मखमल र परालको जुत्ता बन्ने तालिमको समापन गर्नुहुँदै नगर प्रमुख तामाङले एकल महिलाहरुको आर्थिक क्षमता बढाउनका लागि यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले तालिमको लागि मात्र तालिम नभएर सिकेका कुरालाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तामाङले एकल महिलालाई आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले लगानी गरेको भन्दै बजारको ब्यबस्थापनका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । तालिममा नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्र खरेलले सिप सिकेर आत्मनिर्भर बन्न तालिमले सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले सिकेका कुराहरुलाई निरन्तरता दिदैं आफ्नो जिवनको आर्थिक पाटोलाइ बलियो बन...