सम्पर्क

कानुनी सचेतना अभिमुखिकरण कार्यक्रम

चौतारा साँगाचोकगढी नगरपालिका–१३ सेतिदेवी मा.वि र कुन्डलादेवी मा.वि का विद्यार्थी, शिक्षक, जनप्रतिनिधिविच कानुनी सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आदिवासी जनजाति महिला उत्थान केन्द्रको आयोजनमा भएको हो । कार्यक्रमा नेपाल वार एशोसिएसनका अध्यक्ष भुपेन्द्र तामाङ थिङले नेपालको संविधानमा वालवालिकाको मौलिक हक बालबालिका सम्वन्धी ऐन २०७५ मा बालबालिका सम्वन्धी कानुनी व्यवस्था वारे र बालवालिका प्रतिको दायित्व विषयमा प्रस्तुती गर्नु भएको थियो ।
यस्तै जिल्ला प्रहरी कार्यालयको प्रहरी निरिक्षक संजिव यादवले विद्युतिय अपराध र प्रहरीले समुदाय प्रतिको भुमिका वारे स्पष्ट पार्नु भएको थियो । उक्त कार्यक्रम आदिवासी जनजाति महिला उत्थान केन्द्रको अध्यक्ष पानमाया तामाङको सभापतित्वमा रहेको थियो ।