सम्पर्क

सांसदद्वयद्धारा सडक अनुगमन

निर्मल बस्नेत /ठोकर्पा
प्रतिनिधि सभा सदस्य माधब सापकोटा र बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले सुकुटे मिलडाँडा, ठोकर्पा सडकको अनुगमन गर्नुभएको छ ।
सुकुटे, मिलडाँडा, ठोकर्पा सुनकोशी गाउँपालिकाको वडा नम्बर १ र २ ठोकर्पालाई समेटेको छ । यस सडक हुदै लिसंखुपाखर गाउँपालिकाको लिसंखु र ठुलोधादिङ जोडिएको छ ।
प्रादेशिक सडक डिभिजन, सिन्धुलीबाट गौरी पार्वती कन्स्ट्रक्सन प्रा.लिले ठेक्का पारी २०७४ सालबाट सुरु भएको निर्माण कार्यको म्याद सकिएर प्राबिधिक स्टमेट अनुरुप र ठेक्का लाग्दा बखतको काम पुरा नभएपछि सांसद सापकोटाकै पहलमा भेरियसन अर्डर गरेपछि पुन काम सुचारू भएको हो । उहाँले आउने असाढ १ गतेभित्र निर्माण कार्य सक्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ ।
सांसदको निर्देशनपछि व्यवसायी श्याम अर्यालले समयमा नै काम सक्ने प्रतिबद्धता जनाउनुभएको छ । सांसद सापकोटाले अघिल्लो बर्षको पौष ४ गते स्थलगत अनुगमन गर्दासम्म ७० प्रतिशत काम भएकोमा हाल ८१ प्रतिशत काम सम्पन्न भएको डिभिजन कार्यालयका साईट हेर्ने ईन्जिनियर सुमन सापकोटाले बताउनुभयो । उहाँका अनुसार यसको लागि कुल बजेट २२ करोड लागत रहेको छ । सुकुटे मिलडाँडा ठोकर्पा सडकखण्डको निर्माणस्थल अनुगमनको सोही अवसरमा पूर्वाधार बिकास कार्यालय,चौताराबाट निर्माण हुदै गरिएको सुनकोशी २ वडाकार्यालय देखी भ्यू टावर जाने १४ लाख बजेटले निर्माण हुँदै गरेको सडकको पनि स्थलगत अवलोकन गर्नुभएको छ ।
सापकोटालाई स्थानीयहरुले सामान्य हावाहुरीमा पटकपटक बिद्धुतको समस्या भएको भनि गुनासो भएपछि बिद्युत प्राधिकरणसंग कुरा गरि एक जना कर्मचारी थप्नको लागि निर्देशन दिनुभएको छ । सापकोटाले गाउँपालिको ५ नम्बर वडा सुनखानीको बिभिन्न टोलबस्तीमा गई स्थानीयहरुसंग भेटघाट गरि स्थानीयको गुनासो सुनि उक्त गुनासो सम्वोधन गर्न लागि पर्ने बचन दिनुभएको छ ।