सम्पर्क

चौतरामा एकतर्फी पार्किङ

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा बजारमा सवारी साधनको अब्यवस्थित पार्किङका कारण समस्या बढ्दै गएपछि एकतर्फी पार्किङ लागु गरिएको छ । अव्यवस्थित सवारी पार्किङले ब्यस्त बजारमा दुर्घटना निम्त्याउने र व्यवसायीहरुलाईसमेत असहज भएपछि एक साइडमा मात्रै पार्किङ गर्नुपर्ने नियम ल्याइएको चौतारा साँगाचोकगढी – ५ का वडा अध्यक्ष शिव श्रेष्ठले जानकारी दिनुभयो । व्यवस्थित पार्किङका लागि अध्यक्ष श्रेष्ठको पहलमा केही महिना अघिदेखि सडक दायाँबायाँ प्रत्यक १५ दिनमा परिवर्तन हुने गरि पार्किङ गर्ने व्यवस्थापन गर्दै आएको छ । जथाभावि पार्किङ गर्ने र सवारी साधन जामका कारण हैरानी बेहोर्दै आएका सदरमुकामबासीले वान साइड एकतर्फी पार्किङ नियम लागु गरेपछि राहतको महसुस गर्न थालेका छ । वान साइड पार्किङ र हेभी सवारीको निगरानी गर्ने जिम्मेवारी स्थानीय ट्राफिक प्रहरीलाई दिइएको छ ।