सम्पर्क

जनताको सेवाका लागि सधै सहकार्य गर्छु ः स्वास्थ्य मन्त्री बस्नेत

नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको सेवाका लागि सधै सहकार्य गर्ने बताउनुभएको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ द्धारा आयोजित सामाजिक संजाल प्रयोगकर्ता भेटघाट कार्यक्रम यस्तो बताउनुभएको हो । शनिबार सुनकोसी गाउँपालिका–४ सिन्धुबीच रिसोर्टमा नवनियुत्त स्वास्थ्य मन्त्री मोहन बस्नेतको प्रमुख आतिथ्यता उक्त कार्यक्रम गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले सिन्धुपाल्चोकमा कोभिडको संक्रमणको बेला आफु दिनरात खटेर जनताको सेवामा लागेको कारण आफुले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मन्त्रीमा नियुक्ती हुनुभएको बताउनुभयो । कोभिड संक्रमण तथा बाढिपहिरोको बेला पहिला जनता बचाऔ अनि राजनीति गरौला भन्ने नाराको साथ दिनरात खटिनुभएको उहाँ जुनसुकै पदमा रहेपनि नरहेपनि जनताको सेवामा हरपल रहिरहने बताउनुभयो । विगतमा स्वास्थ्यमन्त्री हुँदा गरेका उत्कृष्ट कार्य, लिएका अनुभव र हाल पाएको जिम्मेवारीले मन्त्रालयमा रहेका कमी–कमजोरीलाई न्यूनीकरण गरी सबै पक्षसँग सहकार्य र समन्वय गरी स्वास्थ्य क्षेत्रको सुधारोन्मुख दिशामा प्रतिबद्ध रहने समेत बताउनुभएको छ । उँहाले बोल्नेको पिठो पनि बिक्ने नबोल्नेको चामल पनि नबिक्ने भने जस्तै काँग्रेसले बिकासको काम धेरै गर्ने भए पनि प्रचार नहुने बताउनुभयो । अन्य पाटिले सानोकाम हुँदा पनि प्रचार हुने हँदा उहाँले उखानले भनेजस्तै भएको बताउँदै सकारात्मक कामको प्रचार गर्न पछि पर्न नहुने बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद मसिना खड्का भण्डारी, सिन्धुपाल्चोक जिल्ला सभापति जंग बहादुर लामा, पुर्व केन्द्रीय सदस्य विष्णु विक्रम थापा लगायतका नेताहरुले नेपाली काँग्रेसको नीति र काँग्रेसले गरेका बिकासका कामहरु देखेर सिन्धुपाल्चोकमा काँग्रेस पहिलो पाटी भएको बताउँनुभयो । क्ष्ेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका कार्यकर्ताहरुको बाग्लो उपस्थिती रहेको थियो ।