सम्पर्क

सिलाई कटाई तालिम उद्घाटन

चौतारा साँगाचोकगढी नगरपालिका–९ कदमबासमा दुई महिने सिलाई कटाई सिप विकास तालिम उद्घाटन भएको छ ।
तालिमको नगरपालिका उपप्रमुख सिता थापाले एक समारोहका बीच उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा उपप्रमुख थापाले तालिममा सिकेको सीपलाई व्यवहार उतार्नुपर्ने बताउनुभयो । सिपलाई सिर्जनामा बदली आर्थीक स्तर उकास्न सुझाब दिदै उहाँले तामिलको शुभकामना समेत दिनुभएको थियो । साथै ‘तालिबाट लिएको ज्ञानको सदुपयोग गर्दै व्यासायी बन्नु पर्नेमा जोड दिएका छन् ।