सम्पर्क

धुस्कोट कर्मडुग्युलिङ गुम्बामा २५६७ बुद्ध जयन्ती मनाईदै

शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म जयन्ती सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको – ३ धुस्कोट स्थित कर्मडुप्ग्युलिङ गुम्बामा भव्य रुपमा मनाईने भएको छ ।
हरेक बर्ष बैशाख पूर्णिमाका दिन मनाईदै आएको बुद्ध जयन्ती यसबर्ष पनि भव्य रुपमा मनाउने तयारी गरिएको आयोजक गुम्बा समितिले जनाएको छ । कर्मडुप्ग्युलिङ गुम्बामा केही वर्षदेखि करिब ४० जना स्थानीयहरु सहितको माने समुह पनि स्थापन भैसकेको छ । साथै दर्जन जति लामा पढ्ने बुद्ध अनुयायीहरु पनि यस गुम्बामा शिक्षा लिँदै आएका छन् ।
आयोजक गुम्बा समितिले सबैमा यस भव्य अवसरमा बुद्धको दर्शन अनि मोलम पाठ गर्न सबैमा उपस्थितिका लागि निमन्त्रणा गरीएको छ । गुम्ब व्यवस्थापन समितिका सदस्यहरु उक्त कार्यक्रमका लागि हप्तौं देखि तयारीमा जुट्दै आएका छन् र विशेषगरी लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विगत वर्षमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने गर्दछन् ।