सम्पर्क

ब्रेकिङ न्युज २

दोस्रो लामोसाँघु फुटसलको उपाधी बाह्रदेवीलाई

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत(अधिराज) बलेफि गाउँपालिका वडा नं. ८ लामोसाँघुमा भएको छञब् साईट फुटसल प्रतियोगिताको उपाधि बाह्रदेवीले प्राप्त गरेको छ । कार्यक्रमको प्रमुख अतिथि सुनकोशी गाउँपालिकाका निबर्तमान अध्यक्ष श्रवण कुमार जि.सी (बिनोद) विशेष अतिथि जिल्ला फुटसल संघका अध्यक्ष अमृतमान श्रेष्ठ, शंकरदेव क्याम्पसमा स्ववियु सभापति सुसान्त बस्नेत लगायतको उपस्थिती रहेको थियो । सुनकोशी स्पोर्टस क्लबका अध्यक्ष सुवास लामाको अध्यक्षतामा भदौ ८ र ९ गते भएको प्रतियोगितामा १६ टिम रहेको थियो । शनिबार भएको फाईनल खेलमा बाह्रदेवी युवा क्लब पलातिले न्यु सदावहार युवा क्लव खाडिचौरलाई ६–० ले पराजित गर्दै बाह्रदेविले उपाधि हासिल गरेको हो । विजेता बाह्रदेविले नगद ५०,०००÷मेडल ट्रफि पाएको थियो । त्यस्तै उपबिजेता न्यु सदाबहारले २५,०००÷नगद र मेडल पाएको थियो । उत्कृष्ट किप्पर १ जना, उत्कृष्ट खेलाडी १ जना र धेरै गोल गर्ने १ जना खेलाड...

जनैपूर्णिमाको अवसरमा पाँचपोखरी जानेको चहलपहल सुरु

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक– जनैपूर्णिमाको अवसरमा सिन्धुपाल्चोकको पाँचपोखरी जानेहरुको चहलपहल बढेको छ । एकादशीदेखि एक हप्तासम्म लाग्ने मेलाका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा रहेको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा भत्तजनको चहलपहल बढ्न थालेको हो । पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले मेलामा आउने भत्तजनलाई स्वागत गर्दै मेलम्ची नगरपालिकासँगको सीमा खाल्डेखोलामा रहेको सूचना केन्द्रबाट जानकारी लिन आग्रह गरे । पाँचपोखरी थाङपाल प्रवेश गर्ने मुख्यमार्ग पहिराको कारण अवरुद्ध भए पनि वैकल्पिक माध्यमबाट त्यहाँ पुग्ने व्यवस्था मिलाइएको छ । यस वर्षको जनैपूर्णिमा भदौ १४ गते परेको छ । समुद्री सतहबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी पाँच वटा पोखरी छन् । अध्यक्ष लामाका अनुसार मेला भर्न आएका भक्तजनलाई खाने, बस्ने व्यवस्थाका लागि स्थानीय होटल व्यवसायीमार्फत होटल, लज तथा होमस...

सरस्वती माविमा तारजाली लगाउँन सुरु

ब्रेकिङ न्युज २, समाचार
बाढीबाट प्रभावित सिन्धुपाल्चोकको हेलम्बु–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवनमा थप क्षति हुन नदिन तारजालीमा ढुंगा राखेर पर्खाल लगाउन थालेको छ । विगत चारदिनदेखीको लगातारको बर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार बाढीले बगाएको थियो । बागमती प्रदेश सांसद कृष्णकुमार तामाङ (समीर), हेलम्बु गाउपालिकाको उपाध्यक्ष, वडा अध्यक्ष, सुरक्षाकर्मी र स्थानियबासिहरुको उपस्तिथिमा विद्यालयका बाँकी सुरक्षित संरचनालाई जोगाउँन तारजाली लगाउने काम सुरु गरिएको छ । बस्ती र विद्यालय संरक्षणका लागी आफुले प्रदेश सरकारसँग पहल गरिरहेको भन्दै सांसद तामाङले छिट्टै संरक्षणको लागी बजेटको ब्यबस्था हुने समेत प्रतिबद्धता जनाउनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको तार जालीमा ढुंगा भरेर थप क्षति हुन नदिन काम भइरहेको उहाँका स्वकीय सचिव विशाल रा...

हेलम्बु, मेलम्चीमा बाढीको त्रास, ग्याल्थुमको सरस्वती माविको भवन मेलम्ची बाढीले बगायो

ब्रेकिङ न्युज २, समाचार
अविरल बर्षाका कारण सिन्धुपालचोकको हेलम्बु ,मेलम्ची क्षेत्रमा बाढिले क्षति गरेको छ । विगत चारदिनदेखीको लगातारको बर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । हेलम्बु गाउँपालीकाको पहलमा सडक खुलाउनेकार्यलाई अघी बढाइएपनी निरन्तर बर्षाको कारण यो सम्भव भएको छैन । मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानिय श्याम चालीसेले जानकारी दिनुभयो । पानी परिरहेकाले सडक मर्मत गर्न समस्या रहेको नगरपालिकाले जनाएको छ । यता हेलम्बु–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन बाढीले बगाएको छ । शुक्रबार बिहान बाढीले विद्यालयको शौचालय बगाएको थियो । हाल सिन्धुपाल्चोक सहित देशैभर वर्षा भईरहेकाले नदी तटीय क्षेत्रका समुदायलाई सजग र सुरक्षित हुन प्रशासन कार्यालयले अनुरोध गरेको छ ।  ...

सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको छ : प्रधानमन्त्री

ब्रेकिङ न्युज २, राजनिती, समाचार
वीरगञ्ज, ८ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गर्नुभएको छ । समाजवादी मोर्चाद्वारा वीरगञ्जमा आज आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘‘यतिबेला जनयुद्ध र मधेस आन्दोलमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी विभिन्न सामाजिक सञ्जालहरुबाट भ्रामक कुरा प्रचारप्रसार भइरहेको छ, खासगरी क्रान्तिकारी नेता र क्रान्तिकारी पार्टीका विरुद्ध ठूलो प्रपञ्च भइरहेको छ ।” यो बडो दुःखद कुरा हो र यसलाई हामीले गम्भीर रुपमा लिएका प्रधानमन्त्री दाहालको भनाइ छ । प्रतिगामी शक्तिका विरुद्ध र जनतालाई समाजवादको यात्राका डोर्‍याउन समाजवादी मोर्चा बनाएको उल्लेख गर्दै उहाँले पुराना एजेण्डा र पुरानो विचारले प्रतिगामी शक्तिसँग लड्न नसक्ने भएकाले नयाँ सोच, नयाँ विचार र नयाँ एजेण्डाका ...

अरनिको यातायातको आफ्नै बसपार्क बल प्रयोग गरे आन्दोल हुने

#, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
  पूर्व अरनिको यातायात सेवा प्रालिले जडीबुटीमा आफ्नै लगानीमा छुट्टै बसपार्क निर्माण गरेको छ । काठमाण्डौ महानगरपालिकाकाले २०५२साल देखी नै बसपार्क बाटै सबै बसहरु सञ्चालन गर्न पर्ने निर्णय गर्दै आए पनी हाल सम्म काार्यन्वयन हुन सकेको छैन । यस बर्ष भने महानगरपालिकाले डोजर प्रयोग गरेर मापदण्ड बिपरितका संरचना तथा महानगरको निर्णय कार्यन्वयन नगर्नेलाइ डोजर लगाउँन थाले पछी अरनिको याताातका सवारी साधन हश्र सबै गगंबु बसपार्क नअट्ने र कोटेश्वर पुर्बका यात्रीहरुलाइ गगंबु बुपार्कमा जान आउँन समस्यामा पर्ने भएकाले अरनिको यातायात सेवा प्रालकिा अध्यक्ष केदार क्षेत्रीले हरेक निकायहरु सँग सम्मन्वय गरी बसपार्क निर्माण शुरु गर्नू भएको हो । पूर्व अरनिको यातायात प्रालिले आफ्नै लगानीमा निर्माण गरेको बसपार्कमा अन्तराष्ट्रिय स्तरकै भएको पुर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनु भएको छ...

आँखा पाक्ने रोग फैलिएपछि धमाधम बिद्यालय बन्द

ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
निर्मल बस्नेत चौतारा (७ भाद्र २०८०) देशव्यपी रुपमा आँखा पाक्ने(कन्जन्टिभाईटिस) रोग फैलिएसंगै सिन्धुपाल्चोकमा पनि यसको असर परेको छ । जताततै संक्रमण फैलदै गएपछि बिद्यालयहरु बन्द गर्न थालिएको छ । चौतारामा रहेको सामुदायिक आँखा केन्द्रमा दैनिक ३ दर्जन माथि आँखाका बिमारीहरु उपचारको लागि आउनेगरेको आँखा केन्द्रले जानकारी दिएको छ । यी सम्पूर्ण बिमारीहरुमा प्राय वालवालिका र किशोर किशोरी नै रहेको आँखा केन्द्रको रेकर्ड रहेको छ ।यी समस्याहरु सवैमा नरहोस् भन्ने अभिप्रायले साँगाचोकगढी नगरपालिकाका प्राय बिद्यालयहरुले अभिभावकलाई पत्रमार्फत जानकारी गराई २ दिनको लागि बन्द गरेका छन् । जिल्लाको सदरमूकाम चौतारामा रहेको २००४ सालमा स्थापित जिल्लाकै जेठो बिद्यालय बन्द गरिएको छ । सो संगै बनदेबी माबि पनि बिदा दिईएको छ ।चौतारा बजारमै रहेको निजी बिद्यालय जुगल बोर्डिङ हाईस्कुलले पनि सम्पूर्ण अविभावकलाई पत्राचार गरि ब...

घट्यो वैदेशिक व्यापार

ब्रेकिङ न्युज २, समाचार
चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको वैदेशिक व्यापार दुई दशमलव २८ प्रतिशतले घटेको छ । गत आवको पहिलो महिनामा रु एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख ६६ हजार रहेको वैदेशिक व्यापार यस वर्षको साउनमा रु एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार कायम भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्याङ्कअनुसार गत वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा आयात एक दशमलव ५६ प्रतिशतले घटेर रु एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार पुगेको छ । गत आवको पहिलो महिनामा रु एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजारको आयात भएको थियो । तथ्याङ्कानुसार साउनमा वैदेशिक व्यापारमा आयातको अनुपात ९० दशमलव ५२ प्रतिशत रहेको छ । त्यस्तै सार्वजनिक विवरणअनुसार गत आवको पहिलो महिनाको तुलनामा यस आवको सोही अवधिमा निर्यात आठ दशमलव ६५ प्रतिशतले घटेको छ । गत आवको सुरुको महिनामा रु १४ अर्ब ८० करोड ९७ लाखको निर्यात भएक...

खुल्यो कित्ताकाट दुई आना दुई पैसासम्मको घडेरी पाइने

ब्रेकिङ न्युज २, समाचार
नेपाल सरकारले हालै संशोधन गरेको भू–उपयोग नियमावलीले दुई आना दुई पैसासम्मका घडेरीका टुक्रा बनाउन पाइने व्यवस्था गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित नियमावलीका अनुसार आवासीय र व्यावसायिक जग्गालाई ८० वर्गमिटरसम्मको टुक्रामा कित्ताकाट गर्नसक्ने व्यवस्था छ । यो भनेको दुई आना दुई पैसा क्षेत्रफल हो । यसअघि २०७९ मा आएको भू–उपयोग नियमावलीमा १३० वर्गमिटर अर्थात् चार आना एक दामभन्दा भन्दा सानो टुक्रामा जग्गाको कित्ताकाट गर्न नपाइने व्यवस्था थियो ।जग्गा विकास योजनासहित नक्सा स्वीकृत गराई जग्गा विकास कार्यक्रम सञ्चालन हुने क्षेत्रमा ८० वर्गमिटर क्षेत्रफलको जग्गा कित्ताकाट गर्नसक्ने गरी नियमावली संशोधन भएको हो ।ुरकारले गरेको व्यवस्था अनुसार जग्गा विकास कार्यक्रम सञ्चालन हुनेगरी ८० वर्गमिटरमा कित्ताकाट गर्दा स्थानीय तहले निर्धारण गरेको सडक तथा बाटोको मापदण्डको आधारमा स्थानीय तहको सिफारिसअनुसार जग्गाको ...

निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अध्यक्षमा दिपेन्द्र थापा

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अधिबेशन ६गते चौतारामा हुँदै छ । अधिबेशनबाट निर्बाचीत हुन पर्ने अध्यक्ष सहीत बरिष्ट उपाध्यक्ष,उपाध्यक्ष, कोषध्याक्ष महासचिब लगाएतका पदहरुमा सर्ब सहमत गर्ने ब्यवसायीहरु ीबच सहमती भएको छ । सहमती अनुसार अध्यक्ष र सहकोषाध्यक्ष राप्रपा निकटको ब्यवसायीले पाउँनु भएको छ । महासचिव र सहसचिव एमाले निकट ब्यवसायीले पाउँनु भएको छ । त्यस्तै काँग्रेसले प्रथम उपाध्यक्ष, कोषाध्यक्ष पाएको छ भने माओवादी केन्द्रले द्वितीय र तृतीय उपाध्यक्ष पाएको जनाइएको छ । यस हिसाबले अध्यक्षमा राप्रपाका दिपेन्द्र थापा र बरिष्ठ उपाध्यक्षमा नेपाली काँग्रेसका सगुन श्रेष्ठको पद निश्चीत भएको छ ।नेकपा एमाले निकट व्यवसायी मध्य बाट जयचन्द्रलामा महासचिब,शिब श्रेष्ठ सचिब रहने प्राय निश्चीत भएको छ । उता नेकपा माओबादीको भागमा परेको प्रथम, र द्धितीय उपाध्यक्षका साथै नेपाली काँग्रेसको भागमा परेको बरिष्ठ ...