सम्पर्क

अरनिको राजमार्गमा चालकलाइ निशुल्क शिविर

ट्राफिक प्रहरी कार्यलय अधेरी सिन्धुपाल्चोकले सवारी दुर्घटना शुन्यमा राख्नका लागी चालक सँग ५मिने प्रहरी कायृक्रम गरेको छ । ट्रफिक प्रहरी पोष्ट अधेरीमा जम्मा भउका सवारीहरु चालक हरुलाइ ट्राफीक प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रमुख उत्तम राज आचार्यले सवारी दुर्घटना शुन्यमा लैजानका लागी सवारी चालकहरुको ठुलो भुमिका रहने भएकाले त्यस तर्फ ध्यान दिन जरुरी रहेको बताउँदै ट्राफिक नियम पालना गर्न सबैमा अनुरोध गर्नू भयो । यसै गरी स्वस्थ जीवन नै सुरक्षित यात्रा हो भन्ने मुल नाराका साथ अरनिको हाइवेमा संचालित बसहरुका चालक तथा परिचालकहरुलाइ लक्षित गरी स्वास्थ्य परिक्षण गरीएको छ ।   दोलालघाट पोलिक्लिनकको मुख्य आयोजनामा दोलालघाट प्रहरी चौकी , दोलालघाट अस्थाइ ट्राफिक पोष्ट तथा पुर्व अरनिको यातायात प्रा लिको सहकार्यमा दोलालघाट बस पार्क मा निशुल्क स्वास्थ शिविर संचालन भएको छ।उक्त शिविरमा डक्टर साहिद मोहम्मद राजाको नेतृत्वमा आंखाको परिक्षण,सुगर,प्रेसर को चेक जाँच तथा निशुल्क ओैसधश्ी बितरण गरिएको थियो । नजिकिदै गरेको चाडबाडलाइ लक्षित गरि दुर्घटना न्युनिकरणको लागी स्वास्थ्य परिक्षणको शिविर संचालनमा ल्याईएको ट्राफिक प्रहरी पोस्टका दोलालघाटका इन्चार्ज उमेश थपलिया ले बताउनु भयो। सवारी चालकहरुको स्वास्थ्य परिक्षणका साथै राजमार्गमा सवारी सञ्चालन गर्दा अपनाउँन पर्नै सवधानीका बारेमा समेत प्रशिक्षण दिएको प्रहरी चौकीका इन्चार्ज पशुपति पाठक ले जानकारी दिनु भएको हाम्रा सम्बादाता एकराज श्रेष्ठले जानकारी दिनु भयो ।