सम्पर्क

संविधान दिवसमा सुनकोशीलगाएतका पालिकाहरुमा राष्ट्रिय झण्डा

राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत बनाउनुपर्ने भन्दै संविधान दिवसको अवसरमा सुनकोशी गाउँपालिकाले राष्ट्रिय झण्डा फहराएको छ । सुनकोशी गाउँपालिकाको प्राङ्गणमा गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाद्वारा संविधान दिवसको अवसरमा झन्डोत्तोलन गर्दै सम्बीधान दिबस मनाइएको हो ।  झण्डा फहराउदै गाउँपालिका अध्यक्ष तिमल्सिनाले नेपाल सरकारले जारी गरेको संविधानको अधिनमा रही सबले काम गर्नु पर्ने बताउनुभयो । उँहाले स्थानीय तहबाट प्रदान गरिने सेवा र सुविधामा सम्पूर्ण नागरिकको समान हक प्रदान गरिरहेकोे बताउँनु हुँदै संविधानले सबैको हकहित सुनिश्चित समेत गरेको उहाँले बताउनुभयो । राष्ट्रिय झण्डा झण्डोत्तोलन कार्यक्रममा वडाका वडाध्यक्षहरू, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, खेलकुदकर्मी, स्थानीय भद्रभलाद्मी, पत्राकारहरू तथा कर्मचारीहरूको उपस्थितिमा रहेको थियो । उक्त अवसरमा सिन्धु सदाबहार अस्पतालमा रहनु भएका बिरामीहरूलाई फलफूल वितरण तथा शुभकामना आदनप्रदानको कार्यक्रम समेत गरेको थियो । २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको अवसर पारीराष्ट्रिय झण्डा फहराएर राष्ट्रिय गान गाई संविधान दिवस मनाएको गाउँपालिका अध्यक्ष तिमल्सिनाले बताउनुभयो। यसै गरी भोटेकोशी गाउँपालिकामा पनी संविधान दिवस विशेष कार्यक्रम गरि मनाइएको छ । उक्त कार्यक्रममा उपाध्यक्ष दिछेन शेर्पा द्वारा राष्ट्रिय झण्डा फहराउनु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत,बिर बहादुर बस्नेत वडा नं ३ का वडा अध्यक्षहरु शाखा प्रमुखहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो। यसै गरी बलेफी गाँउपालिका लगाएत का पालिकाहरुमा बिभिन्न कार्यक्रम गरी सम्बीधान दिबस मनाइएको छ।