सम्पर्क

सरकारकै कारण भयो शिक्षक आन्दोलन ःसुबेदी

सरकारकै कारण काठमाडौँ आएर आन्दोलन गर्नुपरेको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताउँनु भएको छ । उँहाले देशभरका लाखौ शिक्षकहरुले आआफ्नै ठाँउबाट शिक्षकका कुरा सुन्न आबज निकाल्दा नसुनेको हुँदा यसरी राजधानीमा आएर सरकार बसेको ठाँउमा आएर आफ्नो आबज सुनाएको बताउँनु भयो । उँहाले आफुहरुबाट विद्यार्थीहरूको पढाईमा कुनै समस्या नपार्ने बताउँदै माग परा भए पछी आआफेना बिद्यालयमा गएर छुटेका दिनहरुलाइ समेत लाइ समाबेश हुने पढाइ सञ्चालन गरिने बताचउँनु भयो । यसैगरी आन्दोलनको पहिलो दिन हिजो लाखौको सख्यामा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए । यो संख्या आन्दोलनको दोश्रो दिन झन बढ्ने महासचिव सुवेदीको बताउँनु भयो । आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरि व्यवस्था मिलाइएको ‘जति कार्यदिन बन्द हुन्छ , त्यति दिन पछि पढाउँछौ। आन्दोलनभर पूर्णरूपमा विद्यालय बन्द रहनेछन’ महासचिव सुवेदीले जानकारी दिनु भयो । आन्दोलनमा सहभागी सिन्धुपाल्चोकका राजकुमार यादबले हामी रहरले होइन बाध्यताले आन्दोलनमा आएका छौ । यो आन्दोलनका लागी सरकारले नै हामीलाइ बोलाएको हो किन भने हामीले शिक्षा विधेयकमाथि शिक्षकको हित बिपरित छ यसलाइ शिक्षक , अभिभावक,बिद्यार्थी, र राज्यलाइ सहज हुने बिधेयक बनाउँन पर्छ भनेर सरकारलाइ सुझाब दिएकै हो यदी शिक्षक बिरोधी बिधेयक आएमा हामी आन्दोलनमा जान बाध्य हुन्छौ भनेर हाम्रो छाता सङ्गठन शिक्षक महासंघले ध्यानकर्षण गराएकै हो यती गर्दा पनी सुनुवाइ नभए पछी राजधानी केन्द्रीत आन्दोलन गरेका हौ भन्नु भयो ।      आन्दोलनमा सहभागी सिन्धुपाल्चोककै शिक्षक ज्ञान बहादुर तामाङ्गले स्थानीय सरकार मार्फत, जिल्ला सरकार मार्पmत हामीले देसै भरीबाट सरकारलाइ ध्यानकर्षण गराएका थियौ चरण बद्ध रुपले आन्दोलन भइ रहेको अबस्थामा जबरजस्ती बिधेयक ल्याउँन खोज्नु भनेको सरकारले आन्दोलनमा जा भन्नु हो भन्दै यो आन्दोलमा सहभागी हुन परेको बताउँनु भयो । शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ। विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो। आन्दोलका कारण शिक्षा दिबसका साथै समबीधान दिबस पनी ओझेलोमा परेको थियो भने आज देखी खुल्ने बिद्यालय पनी आन्दोनका कारण प्रभावीत भएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन्। हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो। आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हो्।शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौँ आएकोले सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुने बताउँनु भयो ।