सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले कुनै पनी कर्मचारी माथी कुनै पनी दवाव सृजना नगरेको जनाएको छ । बाह्रबिसे नगरपालिकाका सुचना अधिकारी ज्ञानबहादुर महतले एक विज्ञेप्ती जारी गरी प्रकाशीत समाचारहरुमा कुनै सत्यता नभएको जनाएको छ ।
बिहिबार जारी विज्ञेप्तीमा भनिएको छ । मिति २०८० असोज ३ गते नेपाल प्रेसबाट यस नगरपालिका तथा नगर प्रमुखको सम्बन्धमा प्रकाशित कपोकल्पित एवं भ्रामक समाचार प्रति यस नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ।पत्राकारिता जगतले सत्य–तथ्य समाचार प्रकाशित गर्नुपर्नेमा यस नगरपालिकाको कपोकल्पित एवं भ्रामक समाचार प्रेसित गरेर नगरपालिका तथा नगर प्रमुखको चरित्र हत्या गर्ने दुष्प्रयास प्रति नगरपालिका घोर आपत्ति एवं खेद प्रकट गर्दछ।समाचारमा उल्लेखित कुनै पनि समाचार सत्य–तथ्यमा आधारित नभएको नगर प्रमुखद्वारा कुनै पनि कर्मचारीलाई दबाव सिर्जना नभएको, व्यक्तिगत प्रयोगका लागि खरिद गरिएका कुनै सामाग्रीहरुको नगरबाट भूक्तानी नभएको, कबाडी व्यवसाय गर्ने कुनै पनि व्यापारीलाई नगर प्रमुखबाट दबाव सिर्जना नभएको, मध्य भोटेकोशी जलविद्युत आयोजनासँग कुनै आर्थिक लाभ नलिएको साथै उपभोक्ता समिति वडा–वडा बाटै गठन भई आउने र निजहरुसँग कुनै मोलाइ नहुने व्यहोरा सर्वसाधारण एवं नगरवासीहरुमा जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ । यस्तो भ्रामक एवं तथ्यहिन समाचार सामाजिक सञ्जालमा प्रेसित गर्ने मिडियालाई समेत कानूनी दायरामा ल्याउन यस नगरपालिका सदैव तत्पर रहेको व्यहोरा समेत सम्पूर्ण नगरवासी एवं प्रेस जगतलाई अवगत गराउन चाहन्छौ, भनीएको छ ।
