प्रेस काउन्सिल नेपालको ५४औं वार्षिक उत्सवको अवसरमा महिला सशक्तीकरण पत्रकारिता पुरस्कारबाट सिन्धुपाल्चोककी दुर्गा आचार्य पुरस्कृत हुने भएको छ । बिभिन्न सञ्चार माध्यममा आवद्ध रही सक्रिय पत्रकारिता गर्दै आउनुभएको आचार्य नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको पूर्व उपाध्यक्ष तथा प्रेस युनियन सिन्धुपाल्चोकको निवर्तमान अध्यक्षसमेत हुनुहुन्छ ।
काउन्सिलले प्रदान गर्दै आएको पुरस्कारबाट यस वर्ष सिन्धुपाल्चोककी दुर्गा आचार्य, कास्कीकी तारा चापागाई, स्याङ्जाकी भवानी अधिकारी, गुल्मीकी गगनशीला खड्का काठमाडौकी पवित्रा सुनार र रुपा घिमिरे गरि ६ जना पुरस्कृत हुने काउन्सिलले जनाएको छ । १ लाख ५१ हजार राशिको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार भने निर्मला शर्मालाई प्रदान गर्ने काउन्सिलले निर्णय गरेको छ ।
