सम्पर्क

सिन्धुपाल्चोकका लामा र नेपाल सम्मानीत

‘समावेशी र सीपमुलक शिक्षा, स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने मूल नाराका साथ मनाइने शिक्षा दिवस २०८० को अवसरमा सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल पुरस्कृत सहीत देशभरबाट १६७ जना सम्मानित हुनु भएको छ। यसरी सम्मानीत हुनुहुनेमा हेलम्बु २, शेर्माथाङमा रहेको याङ्ग्रीमा बोर्डिङ स्कुलका संस्थापक गोपाल लामा र बलेफी गाउँपालिकाका वडा नं ७मा रहेको बालशिक्षा माविमा माध्यामिक शिक्षक हरेराम नेपाल सम्मानीत हुनु भएको हो । सार्वजनिक विद्यालयका शिक्षकको तर्फबाट सम्मानित हुनु भएका सिन्धुपाल्चोक बलेफी ४, बिञ्जेलका नेपाल बालशिक्षा माविमा माध्यामिक शिक्षकको रुपमा गणित विषयको अध्यापन गराउँदै आउँनु भएको छ ।यसै गरी गोपाल लाइ सो बोर्डिङमा गरेको योगदानका आधारमासम्मान प्रदान गरिएकोजनाइएको छ । लामाले सो बोर्डिङमा निशुल्क रुपमा उच्च मावि तहमा होटल म्यानेजमेन्ट र पर्यटन विषयमा अध्यापन गराइरहनु भउको छ भने उँहाले सञ्चालन गर्नू भएको जस्ट नेपाल फाउण्डेसनले समेत हेलम्बु गाउँपालिकामा शिक्षा परियोजना सञ्चालन गरिरहेको छ । उक्त परियोजनाले गाउँपालिकाभित्र विद्यालय उमेरका बालबालिकालाई विद्यालय भर्ना गर्न अभिभावक तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको क्षमता वृद्धि गराइरहेको छ । लामा निजी लगानीका विद्यालयका शिक्षक, कर्मचारी तथा संस्थापक तर्फबाट उक्त पुरस्कारका लागि छनौट हुनु भएको हो ।