सम्पर्क

ब्रेकिङ न्युज २

जेष्ठ नागरिक दिवसमा १०४ बर्षीय पहरी सम्मानित

ब्रेकिङ न्युज २, समाचार
३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा चौतारा वृद्धाश्रममा आश्रित १०४ बर्षीय तिलकुमारी पहरी सम्मानित हुनुभएको छ । चौतारा बृद्धाश्रममा वस्दै आउनु भएका पहरीलाई आश्रममा आयोजित एक समारोहका बीच सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । वृद्धाश्रम सेवा समिति चौताराद्वारा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा सांसद सापकोटाले वृद्धावृद्धाहरुलाई ससम्मान परिवारमा नै रहने वातावरण सिर्जना गर्नुपर्ने बताउनुुभएको छ । उहाँले वृद्धाश्रमको भौतिक विकासका लागि सहयोग गर्ने प्रतिवद्धता समेत व्क्त गर्नुभएको थियो । वृद्धाश्रम सेवा समिति चौताराको अध्यक्ष माया निराशीको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, पूर्व सांसद कृष्णराज श्रेष्ठ, चौतारा साँगाचोकग...

उज्यालो बचत तथा ऋण सहकारीको १५औं बार्षिक साधारण सभा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
उज्यालो बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । श्री कृष्ण रत्नगंमा माविमा सम्पन्न सभाको उद्घाटन गर्दै प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले पछिल्लो समयमा सहकारी संघसंस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुरÞ्याएको बताउनुभयो । उहाँले धेरै सहकारीहरु झोलामा राखेर काम गर्छन् भन्ने सुनिरहँदा आफुले त्यसतर्फ चनाखो हुँदै नगरपालिकाको कृषी शाखाबाट अनुगमन गरी क्रियासिल सहकारीहरुलाई कामका आधारमा सहयोग गरिएको बताउँनु भयो । गत बर्ष रासायनिक मलमा ढुवानी अनुदान दिइएको उत्पादनमा आधारित अनुदान दिइएको र यस बर्ष पनी त्यसलाई निरन्तरता दिइने भएकाले अझ पारदर्शी र व्यवस्थित तरिकाले सहकारी सञ्चालन गर्न सबैमा अनुरोध गर्नुभयो । नगरपालिकाको कृषि शाखाले स्थलगत अध्ययन गरेर मात्र सहकारी संस्थाहरुलाई सहयोग गरेका छौ भन्दै नगरपालिकाले सहकारीम...

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

ब्रेकिङ न्युज २, समाचार
आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रुपमा मनाउने प्रस्ताव पारित गरेपश्चात विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ । ‘सबै पुस्ताका लागि ज्येष्ठ नागरिकका लागि मानवअधिकारबारे विश्वव्यापी घोषणापत्रको वाचा पूरा गरौँ’ भन्ने नारासहित विश्वभर यो दिवस मनाइँदैछ । दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ तथा विभिन्न सङ्घसंस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरिँदै छ ।...

अष्टाङ्ग आयुर्वेद हस्पिटलद्वारा ८ बर्षमा २ लाख ५० हजारलाई सेवा प्रदान

ब्रेकिङ न्युज २, समाचार
काठमाडौं काठमाडौंको कलंकी र कोटेश्वरमा रहेको अष्टाङ्ग आयर्बेद हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ८ बर्ष पुरा गरी नबौं बर्षमा प्रवेश गरेको छ । स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र रोगी व्यक्तिको रोगको निवारण गर्ने मुल उद्देश्य बोकेर स्थापना भएको यो अस्पताल आयर्बेद क्षेत्रमा २५ बर्ष सेवा गरिसकेको व्यक्तिहरुद्वारा सञ्चालन भइरहेका छन् । यस अवधिसम्म आइपुग्दा आयर्बेद क्षेत्रमा अष्टाङ्ग आयर्बेद विश्वासिलो कम्पनीको रुपमा स्थापित छ । विश्वसनीय सेवाकै कारण ९ बर्षसम्म आइपुग्दा हस्पिटलले २ लाख ५० हजार बढीलाई सेवा दिइसकेको छ । हाल काठमाडौंको कलंकी र कोटेश्वरबाट सेवा प्रदान गरिरहेको यो हस्पिटलले आफ्नो प्रभावकारी सेवालाई विस्तारै देशैभरी फैल्याउने लक्ष्य राखेको छ । निजी क्षेत्रबाट सञ्चालित यसरी सेवा विस्तार गरी आयुर्बेद पद्दतीबाट उपचार दिने हस्पिटलमा संभवत अष्टाङ्ग नेपालकै पहिला हस्पिटल भएको छ...

नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कम्जोर छ : अध्यक्ष केसी

#, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौँ, १३ असोज : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा नीति निर्माण र कार्यान्वयन पक्ष कमजोर रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)सँगको कुराकानीमा उहाँले राजनीतिक दल, सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारी वकिल कार्यालयबाट भएका निर्णयले सुशासन कायम गर्ने सिलसिलामा चुनौती खडा गरेको धारणा राख्नुभयो । पूर्वउपप्रधानमन्त्री केसीले भन्नुभयो, “हाम्रा नीति निर्माणमै कमजोरी छ, कार्यान्वयन गर्ने पक्ष त झन कमजोर छ । पैसाको मोलमोलाइको अभियोगमा आयोगका पदाधिकारी नै संलग्न भएको घटना विगतमै बाहिरियो, मुद्दा चलाउन पर्नेलाई सरकारी वकिलले नीति निर्माताका नाममा छोड्यो ।” हामीले अवलम्बन गरेको प्रणाली, सत्ता, जिम्मेवार व्यक्ति र नीति निर्माताप्रति जनतामा असाध्यै ठूलो निराशा रहेको बताउँदै उहाँले जनताको यो निराशालाई गलत...

भोटेकोशीमा विपद् व्यवस्थापन सम्बन्धि कृत्रिम घटना अभ्यास

ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत (अधिराज ) सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीमा विपद् व्यवस्थापन सम्बन्धि कृत्रिम घटना अभ्यास सम्पन्न भएको छ । भोटेकोशी गाँउपालिकाको आयोजना र युरोपियन युनियनको आर्थिक सहयोगमा पिपुल इन नीड, सेभ द चिल्ड्रेन, स्कट विल्सन नेपाल र आत्मनिर्भर सेवा केन्द्रको संयुक्त साझेदारीमा संचालित प्रतिबद्ध परियोजनाको सहकार्यमा गत असोज ९ गते देखी १२ गतेसम्म मौसम पूर्वानुमानमा आधारित पूर्वकार्य तथा प्रतिकार्य सम्बन्धि कृत्रिम घट्ना अभ्यास कार्यक्रम गरेको थियो । गाउँपालिका उपाध्यक्ष दिछेन शेर्पाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, विषयगत शाखा प्रमुख लागायत कर्मचारीहरु, विपद व्यवस्थापन शाखा, स्थानीय आपतकालीन कार्य संचालन केन्द्रका कर्मचारी, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि, राष्ट्रिय विपद जोखिम न्यूनीक...

केरा खेतीबाट मनग्य आम्दानी

ब्रेकिङ न्युज २, समाचार
वैदेशिक रोजागरीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका मोहन राना केरा खेती गरी गतिलो आम्दानी लिन थालेका छन् । तीन वर्ष मलेसियामा वैदेशिक रोजगारीमा गएका राना घर फर्केर आधुनिक तरिकाले व्यावसायिकरुपमा केरा खेती गर्न थालेका हुन् । पाँच वर्षदेखि उहाँले केरा खेती गर्दै आएका छन् । उहाँले वार्षिकरुपमा रु २५ लाखदेखि रु ३० लाखसम्मको केरा बिक्री गर्दै आएका छन् । केरा बिक्रीबाट आएको रकममध्ये रु १० देखि रु १६ लाखसम्म आम्दानी हुने गरेको छ । केरा खेती गोडमेल गर्ने मजदुर, रासायनिक मल, सिँचाइमा गरी बाँकी रकम खर्च हुने गरेको छ । केरा खेतीका लागि छ जनालाई वर्षभरिनै रोजगारी दिएको राना बताउनु हुन्छ । छ बिघा जग्गामा रानाले जि नौ उन्नत जातको केरा खेती गरेका छन् । छ बिघा जग्गामध्ये डेढ बिघा जग्गा मात्रै रानाको आफ्नो स्वामित्वको हो । बाँकी साढे चार बिघा जग्गा रानाले प्रतिबिघा वार्षिकरुपमा रु ८० हजार तिर्ने...

नकुलनेपालद्धारा उपचारको लागी पचास हजार सहयोग

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सगुन बस्नेत, सिन्धु पाल्चोक जिल्ला चौतारा सागाचोकगढी नगरपालिका वडा न १४ बैकुण्ठ अर्याल २०८०÷०५÷३१ राति देखि मुटुका्े धड्कन कम भई उपचारका लागि धुलिखेल अस्पतालमा मुटुमा ब्याट्रीराखि उपचार गराइ रहनु भएको र उँहाको उपचारमा आर्थीकको समस्या हुने भएकोले निजको सिघ्र स्वास्थ लाभको कामना गर्दै स्थानीय समाजसेवी धनबहादु नेपालले सहयोगको अभियान चलाउँनु भएको छ । उक्त अभियानबाट यो समाचार तैयार पार्दा सम्मस्थानीय समाज सेवी नकुल नेपालले पचास हजार सहयोग गर्नु भएको छ भने स्थानीय लक्ष्मण नेपालले बिसहजार सहयोग गर्नु भएको छ। यो रकम सहीतहाल सम्म १८७४०५। जम्मा भएको छ ।यसरी सहयोग गर्नु हुनेमा स्थानीय समाजसेवी नकुल नेपाल५०,०००लक्ष्मण नेपाल(काठमाडौं ) २०,००० नेत्र बहादुर बस्नेत ५१५५बलराम अधिकारी (झुलेटार) ५,०००.ऋषिराम नेपाल (झुलेटार) ५,००० सि.पि नेपाल (काठमाडौं) ५,००० बद्री प्रसाद नेपाल (झुलेटार)५०००केशरनेपाल ५००० रेश...

बजार अनुगमनमा म्याद सकिएको समाग्री फेला, ३ व्यवसायीलाई जरिवाना

ब्रेकिङ न्युज २, समाचार
निर्मल बस्नेत जिल्ला बजार अनुगमन समिति सिन्धुपाल्चोकले नगरपालिकाका दुई मुख्य व्यापारिक केन्द्रको अनुगमन गरेको छ । बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तु फेला परेका छन् । नियमविपरीत कारोबार गर्ने ३ व्यवसायीलाई पनि जरिवाना गरिएको छ । जरिवाना हुनेमा १ औषधि पसल, १ किराना पसल र १ होटर रहेका छन् । अनुगमन समिति बलेफी गाउँपालिका नं २ वडा जलविरे तरी बजार वडा नं. १ फेदीबजार, सिम्लेबजार र जुगल गाउँपालिका ५ वटा धान्देबजारमा अनुगमन गरिएको थियो । अनुगमनमा २४ पसललाई समावेश गरिएको थियो । अनुगमन समितिका सदस्य विश्वनाथ काफ्लेले बजार अनुगमनका क्रममा भुजिया, पानीपुरी मसला, बदामको जुस, दालमोथ, तरकारी मसलालगायत म्याद नाघेका खाद्यवस्तु नष्ट गरिएको बताउनुभयो । त्यसैगरी अनुगमनका क्रममा नेपालीहरुको विशेष चाड दशै र तिहारमा अखाद्य तथा म्याद गुज्रेका सामान बेच्न नपाइने गरी बढी सामाग्री खरिद हुने गरेको जिल्ला प...

मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल

खानेपानी, ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको पानी कहिलेसम्म उपत्यकामा ल्याएर वितरण गर्ने भन्नेमा अन्योल रहेको छ । सरकारले पनि मेलम्चीको पछिल्लो क्षतिपछि त्यसको पुनःनिर्माणको विषयमा कुनै निर्णय नगरेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । साउनको अन्तिम साता आयोजना स्थलमा थप क्षति पुगेपछि त्यसमा पुगेको क्षतिको विस्तृत अध्ययन हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले पुनःनिर्माण कहिले र कसरी गर्ने भनी निर्णय गरेपछि काम गरिनेछ ।” वर्षा सुरु हुनुपहिले सुरुङ बन्द गर्दा वर्षा सकिएपछि तुरुन्त पानी चलाउने गरी योजना बनाइएको थियो । गत साउन २८ र २९ गते ठूलो बाढी गएर पुरिएको थियो । अहिले पहुँचमार्ग सबै बगेकाले तत्काल पानी चलाउन नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि एक दिन बिराएर धमिलो पानी आइरहेकाले नदीको सतह बढिरहेको...